अन्तिम खेलमा भुवनको ह्याट्रिक

अन्तिम खेलमा भुवनको ह्याट्रिक

काठमाडौं: सहिद स्मारक 'बी' डिभिजन लिगको अन्तिम खेलमा सामाजिक युवा क्लब विजयी भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटो मैदानमा बुधबार भएको खेलमा सामाजिकले मध्यपुर युथ एसोसिएसनलाई ४-३ गोलले हरायो । यसअघि नै रेलिगेसनमा परेको सामाजिकको यो सान्त्वना जित हो । सामाजिकको जितमा भुवन बस्नेतले ह्याट्रिक गरे ।

भुवनले खेलको पहिलो, २४औं र ६६औं मिनेटमा गोल गरी ह्याट्रिक पुरा गरेका थिए । टोलीका लागी सुरेश खत्रीले पहिलो हाफको इन्जुरी समयमा एक गोल गरेका थिए । मध्यपुरका लागि सबिन डंगोलले ३५औं, यमन राजवाहकले ८६औं र सन्तोष सिंह ठकुरीले दोस्रो हाफको अतिरिक्त समयमा गोल गरेका थिए । सामाजिकसँगको हारले मध्यपुर लिगको ११औं स्थानमा रह्यो ।

लिगमा मंगलबारकै खेलबाट च्यासल युथ क्लबले उपाधि पक्का बनाएको थियो । च्यासलसहित लिगको दोस्रो स्थानमा रहेको न्यूरोड टिम एनआर्टी 'ए' डिभिजनमा उक्लिएका छन् । उपाधिसँगै च्यासलले पाँच लाख प्राप्त गरेको छ । उपविजेता एनआरटीले दुई लाख ५० हजार हात पार्‌यो । तेस्रो भएको रानी पोखरी कर्नर टीम (आरसीटी)ले एक लाख ५० हजार र चौथो भएको सातदोबाटो युवा क्लबले ७५ हजार पायो ।

लिगमा उत्कृष्ट विधाको पुरस्कारतर्फ पनि च्यासलले बाजी मार्‌यो । उत्कृष्ट प्रशिक्षकको पुरस्कार च्यासलका चेतनारायण श्रेष्ठले पाए । गोलरक्षकमा च्यासलका राजाबाबु थापा र रक्षकमा च्यासलकै चेतन थारू उत्कृष्ट घोषित भए । उत्कृष्ट मिडफिल्डरको पुरस्कार एनआरटीका सुशील लामा र स्ट्राइकरको पुरस्कार खुमलटारका सुरज राउतले जिते । सुरजले लिगमा सर्वाधिक १० गोल गरेका थिए । सुरजसँगै १० गोल गर्नेमा सामाजिकका भुवन बस्नेत पनि रहे ।

लिगमा १४ टोलीले भाग लिएका थिए, जसबाट दुई टोली 'ए'मा बढुवा र दुई टोली 'सी'मा घटुवा भए । विजेता टोली र खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट, एन्फाका कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठलगायतले पुरस्कार प्रदान गरे ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.