दसैं मेला हेर्न गएका बालकको हत्या

दसैं मेला हेर्न गएका बालकको हत्या

वीरगन्जः वीरगन्जमा एक बालकको हत्या भएको छ । पर्साको रामनगरी गाविस वडा नम्बर ८ भलुही निवासी विनोद पटेलका नौ वर्षका छोरा राजन पटेलको हत्या भएको हो ।

अध्ययनका लागि वीरगन्ज उपमहानगरपालिका वडा नम्बर १६ राधेमाइमा अवस्थित काका बृजकिशोर पटेलसंगै बस्दै आएका राजनको शव वीरगन्ज चिनिमिल आवास क्षेत्र भन्दा पश्चिम जाने बाटोमा बिहिबार बिहान फेला परेको हो ।

मृतक बालकको आखाँ, पेट र हातमा धारिलो बस्तुले प्रहार गरेको अवस्थामा शव फेला परेको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ ।

बुधबार साँझ ६ बजे तिर आफना साथीहरुसंग दसैंको मेला हेर्न घरबाट निस्केका राजन राति अबेरसम्म पनि घर नफर्किएपछि उनका काका बृजकिशोर पटेलले बुधबार राति वडा प्रहरी कार्यालय श्रीपुरमा खबर गरेका थिए । प्रहरीले रातभरी खोजी गर्दा पनि फेला नपरेका राजन बिहिबार बिहान मृत अवस्थामा भेटिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक ऋषि ढुंगानाले बताए । शव नजिकै खेलौना समेत भेटिएको उनले जानकारी दिए ।

मृतक बालकको शव पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ ।यसैबिच प्रहरीले अनुसन्धानका लागि बुधबार साँझ राजनसंग मेला हेर्न गएका दुइ जना बालकलाइ नियन्त्रणमा लिएकोछ । उनीहरुको परिचय भने खुलाएको छैन । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरी निरिक्षक ढुंगानाले बताए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.