पृथ्वी राजमार्ग ४० घन्टामा पनि दुईतर्फी खुलेन

पृथ्वी राजमार्ग ४० घन्टामा पनि दुईतर्फी खुलेन

दमौलीः बिहीबार दोहोरो सवारी आवतजावत गराउने लक्ष्य राखिए पनि पृथ्वी राजमार्ग ४० घन्टासम्म खुल्न सकेन । तनहुँको आँबुखैरेनी ८ ऐनापहरोमा पहिरो खस्दा दुई तर्फी सवारी साधन सञ्चालन हुन सकेका छैनन् ।

दशैंका कारण दैनिक आवतजावत गर्ने सवारी साधनको चाप बढिरहेका कारण राजमार्गमा बुधबारदेखि दिनरात जाम भइराखेको छ ।

ढुंगा खस्ने क्रम जारी रहेको र सवारीको चाप उच्च रहेका कारण दुईतर्फी सडक खुलाउन नसकिएको तनहुँका ट्राफिक प्रमुख ज्ञानेन्द्रबहादु थापाले बताए । उनले दिनभर पहिरो हटाउन डोजर खटाइएको बताए । अनवरत प्रयास गरिरहे पनि पहिरो खस्ने क्रम नरोकिंदा समस्या भएको थापाले बताए ।

पुरै पहिरो हटाउँदा राजमार्गको यातायात नै अवरुद्ध हुने भएका कारण छेउछाउबाट मात्र पहिरो हटाउने काम भैरहेको ट्राफिक प्रमुख थापाले बताए ।
प्रमुख जिल्ला अधिकारी दीपक सुवेदीले सबै श्रोत साधनको प्रयोग गरेर पहिरो हटाउने प्रयास भइरहे पनि वर्षाका कारण पहिरो थपिने क्रम जारी छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.