‘मृतक प्रहरीका परिवारलाई रोजगारी देऊ’

‘मृतक प्रहरीका परिवारलाई रोजगारी देऊ’

काठमाडौंः ड्युटीका क्रममा वीरगति प्राप्त गरेका प्रहरीका परिवारलाई रोजगारी र शिक्षा दिने आधार तय गर्न उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले गृहसचिव लोकदर्शन रेग्मी र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई निर्देशन दिएका छन् । ६१ औं प्रहरी दिवसका अवसरमा निधिले भने, ‘कर्तव्यपालनका क्रममा ज्यान गुमाएका प्रहरीका सन्तानका लागि केही गर्नुपर्छ, उहाँहरूको छोराछोरीलाई शिक्षा र रोजगारीका लागि शीघ्र अध्ययन गरेर प्रतिवेदन पेस गर्न गृहसचिव र प्रहरी महानिरीक्षकलाई निर्देशन दिन्छु।’

प्रहरी शान्तिसुरक्षाका लागि सक्षम रहेको औंल्याउँदै निधिले संविधान कार्यान्वयनका लागि प्रहरीको जिम्मेवारी अहं रहेको बताए । तीन तहको चुनावका लागि प्रहरी संगठनको नेतृत्व र मातहतकाले सरकारको प्राथमिकतालाई ध्यान दिन सुझाए ।

प्रहरी प्रधान कार्यालयमा भएको कार्यक्रममा उनले अन्तरक्षेत्रीय प्रहरी कार्यालय कार्यदक्षता मूल्यांकनमा यस वर्ष उत्कृष्ट कार्य गर्ने प्रहरी कार्यालय तथा प्रहरी कर्मचारीलाई कदरपत्र तथा पुरस्कार वितरण गरेका थिए ।

उत्कृष्ट पुरस्कार प्राप्त गर्नेमा अञ्चल प्रहरी कार्यालय भेरीका प्रहरी वरिष्ठ उपरीक्षक धिरु बस्न्यात, पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवलका प्रहरी वरिष्ठ उपरीक्षक कमलबहादुर जीटी, पूर्वक्षेत्रीय सशस्त्र प्रहरी गण विराटनगरका प्रहरी उपरीक्षक शेखर कोइराला, पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक प्रकाश अधिकारी, पूर्वक्षेत्रीय दंगा नियन्त्रण प्रहरी गण विराटनगरका प्रहरी उपरीक्षक अर्जुनचन्द ठकुरी, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवर र जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोला छन् ।

कार्यक्रममा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले पूर्ण शान्ति प्रहरी पुरस्कार प्रहरी नायब निरीक्षक गजेन्द्र रावल, योगेन्द्र स्मृति साहसिक पुरस्कार प्रहरी हबलदार चन्द्रबहादुर रावल, उत्कृष्ट अनुसन्धानकर्ताद्वय प्रहरी नायब उपरीक्षकहरू टेकुनन्द इवा लिम्बू, रमेश थापा तथा प्रहरी नायब निरीक्षक गगनबहादुर शाही, सर्वोत्कृष्ट प्रशिक्षक आन्तरिकतर्फ प्रहरी निरीक्षक सन्तोषकुमार पन्त तथा प्रहरी नायब निरीक्षक भगवती अर्याल र बाह्यतर्फ प्रहरी नायब निरीक्षक बलिराम महतोलाई प्रदान गरे ।

यसैगरी उत्कृष्ट सामुदायिक प्रहरी पुरस्कार प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले पाए । प्रक्षिक्षण, व्यवस्थापनतर्फ उत्कृष्ट कार्य गर्ने प्रहरी उपरीक्षक राजेन्द्र गुरुङ, उत्कृष्ट प्रहरी खेलाडी करातेतर्फ प्रहरी हबलदार मन्देकाजी श्रेष्ठ, भारोत्तोलनतर्फ प्रहरी हबलदार तारादेवी पुन, तेक्वान्दोतर्फ प्रहरी जवान दिलबहादुर महरा, महिला भलिबलतर्फ प्रहरी कार्यालय सहयोगी कोपिला उप्रेती, उत्कृष्ट उद्धारकर्ता प्रहरी सहायक निरीक्षक रामचरण चौधरी, उत्कृष्ट ट्राफिक प्रहरी पुरस्कार प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र पाख्रिन तथा प्रहरी नायब निरीक्षक प्रवीन आचार्य, प्रहरी द्वैमासिकको स्थापनाकालदेखि सहयोग पुु¥याउने साहित्यकार घनश्याम राजकर्णिकार पनि पुरस्कृत भए ।

त्यस्तै प्रहरी द्वैमासिक साहित्यलेखनतर्फ वरिष्ठ साहित्यकार डा. बमबहादुर जिताली, व्यावसायिक लेखनतर्फ प्रहरी उपरीक्षक दीपक थापा, उत्कृष्ट प्राविधिक प्रहरी पुरस्कार प्रहरी नायब उपरीक्षक ई. रामकुमार चौधरी, जग्गा पहलकर्ता प्रहरी उपरीक्षक उमाशंकर पन्जियार र प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहले पाएका छन् ।

त्यस्तै उत्कृष्ट कार्य गर्ने कार्यालय तथा प्रहरी कर्मचारीमा इलाका प्रहरी कार्यालय टीकापुर कैलालीका प्रहरी नायब उपरीक्षक गौतम मि श्र, अञ्चल सशस्त्र प्रहरी गुल्म गण्डकीका प्रहरी निरीक्षक देवीप्रसाद पौडेल, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक राजन भेटवाल, विमानस्थल सुरक्षा गार्ड विराटनगरका प्रहरी नायब निरीक्षक चन्द्रशेखर शिवाकोटी, इलाका प्रहरी कार्यालय बयलपाटा अछामका प्रहरी नायब निरीक्षक गणेशबहादुर कुँवर, प्रहरीचौकी हिले धनकुटाका प्रहरी नायब निरीक्षक दुखनलाल यादव, कारागार सुरक्षा गार्ड नवलपरासीका प्रहरी सहायक निरीक्षक रामसेबक यादव पुरस्कृत भएका छन् ।

यस वर्षको पुलिस ब्याटन पश्चिम क्षेत्रीय प्रहरी कार्यालयलाई वितरण गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले पुलिस क्लबमा आयोजित कार्यक्रममा पश्चिम क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख डीआईजी कमलसिंह बमलाई पुलिस ब्याटन प्रदान गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.