दशैंमा हिमालयन डिष्टीलरीको नयाँ ह्वीस्की ‘रोयल ट्रेजर’
काठमाडौँ: दशैंको अवसर पारेर हिमालयन डिष्टीलरी लिमिटेडले आफ्नो नयाँ उत्पादन रोयल ट्रेजर प्रीमियम ह्वीस्की बजारमा ल्याएको छ ।
हिमालयन डिष्टीलरी लिमिटेड नेपालकै नम्बर १ भोड्का– रुस्लान भोड्काका लागि चिर–परिचित जावलाखेल ग्रुप अफ इण्डष्ट्रीजद्वारा प्रवद्र्धित एक संस्था हो । हिमालयनले यसअघि प्रिमियम ह्वीस्कीका दुई ब्राण्ड सिग्राम्स् रोयल स्ट्याग र सिग्राम्स् ब्लेण्डर्स प्राइडको नेपालमा उत्पादन एवम् त्यसको विक्रि वितरण समेत गरिसकेको छ ।
न्यून मुल्य वर्गमा परिचित ह्वीस्की ‘गोल्डेन ओक’ र हिमालयन अयलाः (परम्परागत नेवारी मदिरा) यसै कम्पनीद्वारा उत्पादित नेपाली बजारमा नाम चलेका मदिरा हुन् ।
रोयल ट्रेजरले ‘बहुमुल्य स्कटीश जौ र नेपालमै उत्कृटरुपले छनोट गरिएको ‘ग्रेन स्पिरीट’ को अद्वीतीय मिश्रण’ भनीे लेबलमा आफूलाई व्याख्या गरेको छ । स्वादमा अत्यन्तै उत्कृष्ट यस ह्वीस्कीलाई ध्यानपूर्वक तयार पारिएको छ ।
१८० देखि ७५० मिलिटिरको बोतलमा उपलब्ध हुने यो ह्वीस्की ३० सयदेखि १२ सय मूल्यका छन् ।