मुमाराम खनाल नयाँ शक्तिबाट अलग

मुमाराम खनाल नयाँ शक्तिबाट अलग

काठमाडौँ: मुमाराम खनाल बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालबाट अलग भएका छन् । नयाँ शक्ति नेपालका केन्द्रीय कार्यकारी सदस्य तथा राजनीतिक संवाद समितिका संयोजक खनालले शुक्रबार नयाँ शक्तिबाट अलग भएको घोषणा गरेका हुन् ।

विज्ञप्ति सार्वजनिक गर्दै खनालले नयाँ शक्तिका गतिविधिप्रति आपत्ति जनाउदै पार्टीबाट अलग भएको उल्लेख गरेका छन् ।

‘मेरो विश्वास थियो, राजनीतिक व्यक्तिको नेतृत्व विना नयाँ वैकल्पिक शक्तिको निर्माण सम्भव हुन्न । तर आज म उक्त भ्रमबाट मुक्त भएको छु । नबदलिएको नेताको नियत र चरित्रले कुनै नयाँ विकल्प दिन सक्तैन,’ खनालले विज्ञप्तिमा भनेका छन्, ‘यसै निष्कर्षको साथ आजदेखि नयाँ शक्ति पार्टीको सदस्यसहित सम्पूर्ण जिम्मेवारीबाट अलग रही स्वतन्त्र नागरिक भएको घोषणा गर्दछु ।’

नयाँ शक्तिप्रति आपत्ति जनाउदै खनालले विज्ञप्तिमा भनेका छन्, ‘नयाँ शक्तिको बहसलाई हतार हतार पार्टीको रुपमा घोषणा गरेपछि नयाँ शक्ति पार्टी सम्पूर्ण रुपमा पूर्व माओवादी समूहको रुपमा रुपान्तर भयो । नयाँ र फरक पृष्ठभूमिका मात्र होइन, पूर्व माओवादीभित्र पनि २०४७ सालमा बाबुराम भट्टराईसँग विद्रोह गरेर आएका केही सिमित व्यक्तिको मात्र कोर समुह बन्यो । उक्त कोर समुहले विधि, प्रक्रिया, नियम र अनुशासन मिच्दै हिजोदेखि गरी आएका अपारदर्शी कर्मलाई निरन्तरता दिइरह्यो । जसले गर्दा सम्पूर्ण पार्टीको उर्जा पूर्व माओवादीहरुको आफ्नै विगतको कचिंगलमा मात्र खपत हुन थाल्यो। त्यसप्रकारको माओवादी कचिंगलमा समावेश भइरहन मेरो व्यक्तिगत र राजनीतिक रुची रहेन ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.