क्यानडा-नेपाल संसदीय मैत्री संघ गठन

क्यानडा-नेपाल संसदीय मैत्री संघ गठन

काठमाडौः क्यानडाको तल्लो सदन हाउस अफ कमन्स र माथिल्लो सदन सिनेटका सदस्यको सहभागितामा क्यानडा-नेपाल संसदीय मैत्री संघ गठन भएको छ।

क्यानडास्थित नेपाली दूतावासका उपप्रमुख दिलीप पौडेलका अनुशार हाउस अफ कमन्सका सदस्य जेन ताङ्को अध्यक्षतामा ७ सदस्यीय कार्यकारी समिति हालै निर्वाचित भएको हो । क्यानडाको संसदका उपसभामुख ब्रुस स्टानटोनको अध्यक्षतामा संसदको समिति कक्षमा सम्पन्न बैठकले उक्त कार्य समिति गठन गरेको हो ।

बैठकमा हाल क्यानडा भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवन शाही उपस्थित थिए । कार्यक्रमलाई संबोधन गर्दै मन्त्री शाहीले नव गठित कार्यकारी समितिका पदाधिकारीलाई बधाई दिए ।

नेपालमा नयाँ संबिधान जारी भएपछि मुलुकले राजनीतिक स्थिरता हासिल गरी आर्थिक विकासका लागि मार्ग प्रशशस्त गरेको बताए । अध्यक्षमा निर्वाचित ताङ्ले नेपाल र क्यानडाबीचको ब्यापार र पर्यटन प्रबर्धनमा लगायत अन्य क्षेत्रमा आफूहरुले योगदान गर्ने बताएका थिए ।

क्यानडाको संसदमा पहिलो पटक गठन भएको यो संसदीय मैत्री संघ गठन गर्नका लागि त्यहाँस्थित नेपाली राजदूत काली प्रसाद पोखरेलले एक बर्ष यता पहल गर्दै आएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.