दसैँमा उपत्यकाबाट १४ लाख बाहिरिए

दसैँमा  उपत्यकाबाट १४ लाख बाहिरिए

काठमाडौं: दसैंको घटस्थापनादेखि षष्ठीसम्म १४ लाख मानिस उपत्यकाबाट बाहिरिएका छन् । नागढुंगा, साँगा, बालाजु बाइपासबाट उपत्यका बाहिरिने संख्याको अभिलेख भिडाउँदा १४ लाख मानिस उपत्यकाबाट बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार नागढुंगाबाट १२ लाख मानिस उपत्यका बाहिरिएका छन् ।

उपत्यका बाहिरिनेको चटारोले सहरका मुख्य चोकमा सवारीसाधन र मानिसको चाप बढेको छ । विशेषगरी कोटेश्वर–जडिबुटी, बालकुमारी–ग्वार्र्काे, सानेपा–बल्खु, कलंकी–सतुंगललगायतमा चोकमा सवारीसाधनको अत्यधिक चाप बढेको महाशाखाले जनाएको छ ।

गौशाला, चाबहिल, नारायणगोपालचोक, सामाखुसी, नयाँ बसपार्क, बालाजु, बाइपासबाट उपत्यका बाहिरिने यात्रुको चाप बढेको छ ।

नागढुंगा–नौबिसे सडकखण्ड हँुदै सञ्चालन हुने सवारीसाधन चापमा चलिरहेका छन् । उक्त सडकखण्डको विभिन्न स्थानमा सवारीसाधन र बाटो बिग्रिएका कारण चाप बढेको हो । खत्रीपौवामा बिग्रिएका सवारीसाधनका कारण बाहिरिने नागढुंगासम्म र भित्रिने तीन किलोमिटरसम्म सवारी जाममा पर्ने गरेका छन् ।

अर्यालका अनुसार घटस्थापनादेखि हालसम्म दैनिक औसतमा दुईदेखि तीन लाख हाराहारीमा मानिस बाहिरिँदै आएका छन् । भित्रिने संख्या भने कम छ । घटस्थापनादेखि हालसम्म उपत्यकामा तीन लाख मानिस भित्रिएका छन् । उपत्यका बाहिरिनेको संख्या बढेपछि राजधानीभित्र चल्ने सवारीसाधनको चापमा बिस्तारै कमी आएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले पृथ्वी राजमार्गमा सरकारले क्रेनलगायतका हेवी इक्युप्मेन्ट राख्न नसक्दा एउटा गाडी बिग्रिएपछि लामो समयसम्म सडक जाम हुने गरेको छ । शुक्रबार बिहान खत्रीपौवामा ट्रक बिग्रिएका कारण हजारभन्दा बढी सवारीसाधन जाममा फसेको जानकारी सिटौलाले दिए । ‘सवारीसाधनको व्यवस्थापन भए पनि सरकारले देखाएको नालायकीपनले पृथ्वी राजमार्गमा गाडी धेरै जाममा फसेकाले यात्रुलाई गन्तव्यमा पु¥याउन सकिएन’, सिटौलाले भने, ‘हामीले पटकपटक गाडी तान्ने क्रेन, डोजरलगायतका हेभी इक्युप्मेन्ट सवारी राख्न भने पनि सरकारले वास्ता गरेन ।’

उनले नागढुंगादेखि नारायणघाट–मुग्लिन सडक खण्डमा कुनै पनि बेला गम्भीर घटना हुनसक्ने आशंका गरे । सिटौलाले शनिबार र आइतबार बढी यात्रु उपत्यका बाहिरिने बताए ।

‘एकैपटक धेरै सवारीसाधन भित्रिएका कारण नागढुंगामा सवारीचाप बढेको हो । व्यवस्थापनमा ट्राफिक प्रहरी लागिपरेको छ’, महशाखा प्रमुख डीआईजी प्रकाश अर्यालले भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.