एमाले नेता नेपाल स्वदेश फिर्ता
काठमाडौँः एमाले वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले इन्डोनेसियामा सम्पन्न ‘जुँछे विचारधारा’ सम्बन्धी विचार गोष्ठीमा भाग लिई शनिबार स्वदेश फर्किएका छन् ।
कोरियन वकर्स पार्टीको निमन्त्रणामा कार्यक्रममा गएका नेता नेपालले नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट सो कार्यक्रममा सम्बोधन गरेका थिए । एमाले विदेश विभाग प्रमुखसमेत रहेका नेता नेपाल यही असोज १७ गते त्यसतर्फ गएका थिए।
सोभियत युनियनसँगको विवादका क्रममा सन् १९५० मा उत्तर कोरियामा ‘आत्मविश्वास’ को अवधारणाका साथ सो विधारधाराको जन्म भएको थियो ।