दसैँको बेलामा कुनै भल छोप्न चाहन्नः ओली

 दसैँको बेलामा कुनै भल छोप्न चाहन्नः ओली

भक्तपुरः पूर्वप्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीले दसैंको अवसरमा कुनै भल नछोप्ने बताएका छन्।

शनिबार दसैंको शुभकामना दिदै भने, ‘दसैँको बेलामा म कुनै भल छोप्न चाहन्न, कसैको विरोध गर्ने र कसैको समर्थन गर्ने, कसैको पक्षमा उभिने र कसैलाई विपक्षमा राख्न चाहन्न, सबैलाई मेरो शुभकामना छ ।’

ओलीले दसैँको बेलामा कसैलाई गाली गर्न वा कसैको प्रशंसा गर्न नचाहेको टिप्पणी गरे ।
पूर्वप्रधानमन्त्री ओलीले संविधानले निर्धारण गरेको समयमै संविधान कार्यान्वयनका सबै काम टुङ्ग्याउनुपर्नेमा भने जोड दिए ।

बालकोटस्थित ओली निवासमा प्रेस चौतारी नेपालको संयोजनमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै ओलीले भने, ‘अहिलेको सङ्क्रमणकालीन अवस्था अब हट्नुपर्छ, संविधानको कार्यान्वयनमा सानातिना समस्या छन् भने त्यसको समाधान गरेर संविधान कार्यान्वयनको जिम्मेवारी अब पूरा गर्नुपर्छ ।’

देशलाई अब आर्थिक समृद्धि र विकासतर्फ लैजानुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले समयसीमाभित्रै निर्वाचनलगायतका सबै काम टुङ्गिनेमा आफू विश्वस्त रहेको बताए ।

उनले संविधान कार्यान्वयनमा केही अप्ठ्यारा नभएको दाबी गर्दै टुङ्गोमा पु्‍याउन नसकिने कुनै पनि अप्ठ्याराहरु नभएको उल्लेख गरे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.