जात्राको ट्रेलरमा जात्रैजात्रा (भिडियो)
काठमाडौँः प्रदीप भट्टराईको निर्देशनमा बनेको चलचित्र ‘जात्रा’को ट्रेलर सार्वजनिक भएको छ । जात्रा नाम दिइएको चलचित्रको ट्रेलरमा थुप्रै जात्रा देख्न सकिन्छ । तीन व्यापारीको कथामा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता रविन्द्र सिंह बाँनियाँ हुन् ।
आगामी कात्तिक २६ गतेदेखि प्रदर्शनमा आउने चलचित्रमा विपिन कार्की, निर्माता बाँनिया, रविन्द्र झा, वर्षा राउत, प्रेक्षा बज्राचार्य, प्रकाश घिमिरे, प्रविन खतिवडालगायतको मुख्य भूमिका देख्न सकिने छ ।