कांग्रेस सभापति शेरबहादुर देउवाको खाना
काठमाडौँ: नेपाली कांग्रेसको बरीष्ठ नेता शेर बहादुर देउवा आफुलाइ नेपाली खाना मन पराउने व्यक्ति भन्छन् ।
नेपाली खानाको स्वाद साच्चै नै फरक खालको भन्दै उनले कलेज समयको प्रसंग यसरी सुनाए, ‘लण्डन स्कुल अफ इकोनोमिक्स’ मा अध्ययन गर्दा सुरु सुरुमा खाना खान सारै समस्या हुन्थ्यो। नेपाली खाना विरलै पाईने । नेपाली स्वाद खोज्दै कहिले इन्डियन, कहिले पाकिस्तानी रेष्टुरेन्ट खोज्दै गएँ तर कहाँ पाउनु नेपाली स्वाद । मलाई सबैभन्दा मन पर्ने खाना नेपाली नै हो । विदेश जादा प्रायँ त्यहा खुलेका नेपाली रेष्टुरेन्टमा पुगेर खाना खान्छु ।
देउवा भन्छन्, सामान्य खाना दाल, भात तरकारी र अचार मेरो मन पर्ने खाना हुन् । विदेशी खाना खासै रुची लाग्दैन । विरलै कोरियन र जापानिज खाना खान जान्छु । त्यो केवल जिव्रोको स्वाद फेर्नका लागि हो । नेपाली खाना बाहेक उनलाइ हरीयो मकै औधी मन पर्छ, मकै पोलेर वा वोयल गरेको दुवै खान मन पराउने बताउँछन् ।
पेयपदार्थमा कफिको पारखी हुन् उनी । कफि खान लण्डन अध्ययनको क्रममा बस्दा सिकेका रहेछन् । उनी भन्छन्, खाना खाएपछि कफि खाँदा अलि रिफ्रेस भएको अनुभव हुन्छ । साच्चीकै खानापछि अमेरिकानो खायो भने त्यसले निन्द्रा भगाए जस्तो लाग्छ, काम गर्न जाँगर पनि बढाउछ । म दिनमा छ देखी सात कप कफि पिउँछु ।
मासुको परिकारको भने खासै सौखिन होईन भन्न रुचाउँछन् उनी, भन्छन्, कहिले काँही मात्रै मासु खान्छु । माछा भने निकै मनपर्ने रहेछ । उनले पहिला पहिला वसन्तपुरमा माछा खान जाने गरेको सुनाए । त्यतिवेलाको माछाको स्वादै छुट्टै हुन्थ्यो ।
तर पनि उनले आफु खानाको पारखी नै नभएको बताउँदै भने, म जे भेटुयो त्यही खान्छु ।