प्रवासमा नेपालीको दसैं

प्रवासमा नेपालीको दसैं

पढाइ वा कामको सिलसिलामा बसाइ जुन मुलुकमा भए पनि मन त नेपाली नै हुन्छ । त्यसैले कुनै पनि चाडपर्व आउँदा नेपाल र यहाँ रहेका आफन्तलाई नसम्झने कुनै नेपाली नहोलान् । त्यसमा पनि दसैंजस्तो ठूलो चाडमा नेपालमा परिवार र आफन्त सबै टीकाटाला गरिरहँदा परदेशमा रहने नेपालीले पनि आफूले नेपालमा रहँदा मनाएको दसैंको सम्झना गर्नुबाहेक अन्य विकल्प रहन्न । यस दिन आफ्नो परिवार र परम्परा उनीहरूले धेरै मिस गर्छन् । तर पनि प्रवासमा आफूसँग जे छ त्यसैमा रमाउनुपर्ने बाध्यता पनि छ उनीहरूलाई । प्रवासमा रहने नेपालीको दसैं सम्झना रामकला खड्काको प्रस्तुतिमा:

स्काइपमै हेरेर रमाउँछौं
दसैं सुरु भएको खबर त हामीले फेसबुक, अनलाइन र घरमा फोन गर्दा पनि थाहा पाइन्छ । त्यहाँ चाड मनाउन आफन्तले गरेका रमाइलो देख्दा आफूलाई पनि त्यो पल निकै सम्झनामा आउँछ । आफू पनि नेपालमा भइदिएको भए परिवार र आफन्तसँग दसैं त्यत्तिकै रमझमका साथ मनाउन पाइन्थ्यो होला भन्ने मनमा लाग्छ ।

दसैंमात्रै कहाँ हो र, जुनसुकै चाडपर्वमा पनि घरपरिवार, आफन्त र देशको उत्तिकै याद आउँदो रहेछ । दसैंमा यहाँ एउटा नेपाली संस्थाले एउटा कार्यक्रम आयोजना गर्दैछ । त्यसैमा सहभागी भएर त्यहाँका नेपाली दाजुभाइ दिदीबहिनीसँग यस पालिको दसैं मनाउने योजना बनाएका छौं । यहीँ बस्नुहुने आफूभन्दा अग्रज नेपाली दाइदिदीको हातबाट टीका र जमरा अनि आशीर्वाद थाप्न जान्छौं । नेपालमा परिवारले टीका लगाएको कार्यक्रम भने स्काइपमै हेरेर चित्त बुझाइन्छ । परिवारकै खुसीमा आफू पनि टाढाबाट हेरेरै भए पनि रमाउन थालिन्छ ।
गंगा श्रेष्ठ, लस एन्जलस, अमेरिका

टीकाको दिन फोन गर्छु
आफू विदेशमा रहँदा नेपालमा मनाइने चाडपर्वको धेरै सम्झना आउने रहेछ । त्यसमा पनि वर्षभरिकै ठूलो चाड दसैं मनाउन नपाउँदा त मन धेरै नै खिन्न हुन्छ नै । यति बेला नेपाल र आफ्नो घर अनि आफन्तको धेरै याद आउँदो रहेछ । मेरो घर झापा भद्रपुर हो । पोहोरको वर्ष नेपालमै दसैं मनाउने अवसर जुरेको थियो । तर चार वर्षअगाडि पनि म विदेशमै थिएँ ।

अहिले म र मेरो भाइ दुवै विदेशमा भएकाले घरपरिवार र आमाबाबुले पनि दसैं आएपछि निकै नरमाइलो मान्नुहुन्छ । दसैंमा यहाँ खासै केही हुँदैन । छुट्टी भए साथीभाइसँग घुमघाम गरिन्छ, भएन भने काम गर्दा पनि मन ध्यान सबै नेपालमै हुन्छ । काम गर्ने मुड आउँदैन, तनावमात्रै हुन्छ । म यहाँ माटो र कंक्रिट परीक्षण गर्ने एउटा प्रयोगशालामा काम गर्छु । परिवारको याद आउने हुनाले दसैंको दिनमा उहाँहरूसँग फोनमै कुरा गर्छु ।
केशव मिश्र, सनैया, कतार

दसैं सम्झनामा मात्र
संसारका जुुुुनसुुुुकै ठाउँमा बसे पनि आफ्नो कलासंस्कृति, रीतिरिवाज र चाडपर्व भुुुुल्न सकिन्न । ठाउँ, समय र परिस्थितिअनुुुुसार नेपाली चाडपर्व नेपालमा झैं मनाउन नपाए पनि हरेक प्रवासीले जस्तै सम्झना गर्दै रमाउँछुुुु । कोरियाको महान् चाड छुुुुसक र सल्लार आउँदा दसैं तिहार, तीज, इद, साकेला, लोछार, माघी, शिवरात्रि, होलीजस्ता चाडपर्वको सम्झना धेरै आउने गर्छ । वास्तवमा नेपाल र नेपाली हुुुुनुुुुको महत्व अनि विभिन्न चाडपर्वको यादले नेपालमा हुुुुँदाभन्दा प्रवासमा हुुुुँदा धेरै सताउँदो रहेछ ।

हरेक वर्ष आउने महान् चाड दसैंतिहार मेरो सम्झनामा मात्र सीमित हुुुुन थालेको पनि पाँच वर्ष भएछ । ठाउँ, समय र परिस्थितिअनुुुुसार चल्नुुुुपर्ने भएकाले पनि नेपालमा जस्तै चाडपर्व मनाउने समय नभए पनि नजिकका साथीसंगीसँग भेटेर नजिकैको नेपाली वा भारतीय रेस्टुुुुराँमा भएर दसैं अनि तीजको सम्झना गर्दै खानपान गर्दै मनाउने गरेका छौं । कुुुुनै संघसंस्थाले पनि सबैको छुुुुट्टीको दिन पारेर आइतबार विभिन्न कार्यक्रम राखी प्रवासी दसैं मनाउने गरेका छन् ।

दसैं भन्नासाथ बाल्यकालको बढी सम्झना आउँछ । किनकि वर्षको एकपटक नयाँ कपडा लगाउन पाइने दिन नै दसैं थियो । नयाँ कपडामात्र होइन मीठो खान पाइने अनि घर, मावली, आफन्त र छरछिमेकमा टीका लगाएर दक्षिणास्वरूप दिने पैसा नै विशेष लाग्थ्यो केटाकेटी बेलामा । त्यसैले पनि बाल्यकालमा दसैंको रौनकता अनि महत्व नै बेग्लै थियो ।
बाला राई, कोरिया

 

नेपाली रीतिरिवाज छाड्दैनौं
प्रत्येक वर्ष दसैं आउँदा कताकता शून्य महसुस हुन्छ । तर, यसपटक भने ममी पनि हामीसँगै हुनुभएकाले परिवारको त्यो न्यास्रोपन केही हदसम्म भए पनि मेटिएला कि भन्ने लागेको छ । तर, फेरि उता नेपालमा ड्याडी, भाइ, ठूलो ड्याडी, ठूलो ममी, अंकल, आन्टी मिलेर रमाइलो गर्दै दसैं मनाएको देख्दा आफू पनि उडेर भए पनि त्यहीँ जान पाए हुन्थ्यो भन्ने लाग्छ ।

ममी सँगै हुनुभएकाले हामीले पनि जमरा राखेर नेपाली परम्पराअनुसार नै टीका लगाउने सोच राखेका छौं । तर पनि त्यस दिनका नेपालमा रहेका परिवार र आफन्तको रमाइलोमा पनि आफू संलग्न हुन सम्पूर्ण गतिविधिलाई स्काइपमार्फत नियाल्ने विचार गरेका छौं । हामी संसारका जुनसुकै कुनामा गए पनि हाम्रो मन नेपाली नै रहने भएकाले हामी हाम्रो संस्कृति र परम्परालाई कहिल्यै भुल्न सक्दैनौं । सकेको बेलामा नेपाल आउने नसके उतै भए पनि पूरा रीतिरिवाजका साथ चाड मनाउने हाम्रो चाहना छ ।
नीता खड्का, अस्ट्रेलिया

मन भुलाउन साथीसँग घुमघाम
काम र पढाइले गर्दा यहाँ एकैछिन पनि फुर्सद हुँदैन । नेपालमा परिवार र आफन्तले दसैं मनाइरहँदा हामी भने यहाँ चाड सम्झेर विरक्त मान्नेभन्दा अरू केही गर्न सक्दैनौं । टीकाको दिनमा बिहानै घरमा फोन गर्छु । फेरि काममा गएपछि त्यही फोन गर्ने समय पनि मिल्दैन । त्यस दिन घरमा फोनमा कुरा गर्दा पनि साह्रै नरमाइलो लाग्छ ।

झन् ममीबुवाले छोरा यहीँ भइदिएको भए कत्ति रमाइलो हुन्थ्यो भनेको सुन्दा नमज्जा लाग्छ र दिनैभरि मन भारी भइरहन्छ । काममा ध्यान जाँदैन, मन पूरै नेपालमै उड्छ । नेपालमा परिवारसँगै बसेर लगाएको टीका र खानपिनको याद आउँछ । साथीभाइसँग पिङ खेलेको पनि कहाँ भुल्न सकिन्छ र । यस दिनमा समय मिल्यो भने आफ्नो मन भुलाउन नेपाली साथीभाइसँगै कतै घुम्न गएर मीठो परिकार खाने योजना छ ।
बरुण थापा, जापान


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.