विश्व बैंकको बैठकमा सहभागी भएर अर्थमन्त्री महरा स्वदेश फिर्ता

विश्व बैंकको बैठकमा सहभागी भएर अर्थमन्त्री महरा स्वदेश फिर्ता

काठमाडौँः उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा संयुक्त राज्य अमेरिकाको वासिङटन डिसीमा सम्पन्न विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिएर सोमबार स्वदेश फर्किएका छन् । ।

स्वदेश फर्केपछि पत्रकारसँग कुरा गर्दै अर्थमन्त्री महराले विश्वभरि रहेको गरिबी र असमानताको अन्त्य तथा नेपालको विकास र पुनः निर्माणका सहयोगका क्षेत्रका विषयमा आफूले सम्बोधन गरेको जानकारी दिए ।

उनले भूकम्पपछिको पुनःनिर्माणको प्रगतिको अवस्थाबारे जानकारी गराई थप सहयोगका लागि आह्वान गरिएको जनाउँदै यसबाट आपसी विश्वासको वातावरण तय भएको उल्लेख गरे। दातृ निकायले नेपाल सरकारले भूकम्पपीडितलाई निजी आवास बनाउन दिने भनिएको थप एक लाख कसरी वितरण गर्ने भन्नेबारेमा जिज्ञासा राखेका थिए ।

वार्षिक बैठकमा विश्वका एक सय ७९ मुलुकका प्रतिनिधि सहभागी थिए । सोक्रममा विश्व बैंक, एसियाली विकास बैंक र अन्य आर्थिक क्षेत्रका संस्थाका उच्चस्तरीय प्रतिनिधिसँग अनौपचारिक भेटवार्ता भएको थियो ।

भविष्यमा द्विपक्षीय छलफलबाट थप सहयोगबारे ठोस निर्णय हुने अर्थमन्त्री महराले जानकारी दिए । बैठकमा नेपालका तर्फबाट नेतृत्व गर्दै महरा १८ गते अमेरिका गएका थिए ।

अर्थमन्त्री महराका साथ अर्थसचिव शान्तराज सुवेदी, नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपाल, प्रमुख स्वकीय सचिव हिमाल शर्मा लगायत नेपालबाट गएका थिए भने अमेरिकास्थित नेपाली दूतावासबाट चार उच्च कर्मचारीले पनि बैठकमा भाग थिए । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.