पूर्वप्रधानमन्त्री केपी ओलीले राष्ट्रपति भण्डारीबाट टीका लगाए

पूर्वप्रधानमन्त्री केपी ओलीले राष्ट्रपति भण्डारीबाट टीका लगाए

काठमाडौँ: पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित विशिष्ट व्यक्तित्वले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट दसैंको टीका लगाएका छन् ।

राष्ट्रपति भण्डारीले प्रधानन्यायाधीश सुशीला कार्की, पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वमन्त्री, सांसद, सुरक्षा निकायका प्रमुखलगायतलाई टीका लगाइदिएको राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले जानकारी दिए ।

राष्ट्रपति भण्डारीले दिउँसो २ बजेपछि शीतल निवास पुगेका सर्वसाधारणलाई वडा दसैँको अवसरमा टीका लगाइदिएकी छिन् ।

शर्माका अनुसार टीका लगाउन सर्वसाधारण लामबद्ध रहेकाले साँझसम्म कार्यक्रम जारी रहनेछ ।

यसअघि बिहान ८ बजेर ४५ मिनेटको शुभसाइतमा राष्ट्रपति भण्डारीले हनुमानढोका दरबारका मूल पुजारी देवराज अर्यालबाट टीका तथा जमरा ग्रहण गरेकी थिइन् ।

राष्ट्रपतिले परिवार र आफन्तजनलाई पनि सोही साइतमा टीका लगाइदिएकी छिन् । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.