शनिबार शंखपार्कमा एमालेको चियापान

शनिबार शंखपार्कमा एमालेको चियापान

काठमाडौँः एमालेले दसैंको चियापान शनिबार धुम्बाराहीको शंखपार्कमा गर्ने भएको छ ।

शनिबार दिउँसो १२ बजेदेखि ३ बजेसम्म हुने चियापानमा संवैधानिक निकायका प्रमुखदेखि कुटनीतिक नियोगका प्रतिनिधिसम्मलाई निमन्त्रणा गरेको छ ।

चियापानको तयारी भइरहेको बताउदै एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने, ‘चियापानको तयारी भइराखेको छ २९ गते शनिबार शंकपार्कमा उपस्थित हुन निमन्त्रणा गर्ने क्रममा छौँ ।’

चियापानमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री प्रधानन्यायाधीशलगायत संवैधानिक निकायका प्रमख, सुरक्षा निकायका अधिकारी, सरकारी कर्मचारी, संस्थान, निजी क्षेत्र, कुटनीतिक नियोगका प्रतिनिधि, सहिद परिवारका सदस्य, नागरिक समाजका प्रतिनिधिलगायतलाई निम्तो गर्ने नेता भट्टराईले जानकारी दिए ।

चियापानमा एमालेले परम्परागत खानाका सामाग्री राख्ने तयारी गरेको छ । फलफुल, लड्डु, समोसालगायतका खाना राखिने छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.