बाख्रा चराउन गएकी महिलामाथि सामुहिक बलात्कारको प्रयास

बाख्रा चराउन गएकी महिलामाथि सामुहिक बलात्कारको प्रयास

वीरगन्जः पर्साको बागवाना गाविसमा एक महिलालाई स्थानीय दुई युवकले बलात्कारको प्रयास गरेको सार्वजनिक भएको छ । बागवना गाविस ९ गुलरीया गाँउकी २८ बर्षीया महिलालाई गत बुधबार साँझ बलात्कारको प्रयास गरेको प्रहरीमा उजुरी परेपछि सार्वजनिक भएको हो ।

गाँउ नजिकैको मेघा खोलामा बाख्रा चराएर घर फर्किरहेकी महिलालाई साँँझ ६ बजे तिर गाँउकै रामशरण माझी र वीरबहादुर रामले जबरजस्ती नियन्त्रणमा लिएर लछारपछार गर्दै बलात्कार गर्न खोजेका थिए । महिलाले होहल्ला गर्दै गुहार मागेपछि गाँउले आएको देखेपछि माझी र राम भागेका थिए।

‘घर फर्कदै गर्दा दुईजनाले अचानक समातेर मुख थुुने अनि लछारपछार गर्दै लुगा फुकाल्न थाले, त्यसपछि मैले चिच्याउदै गुहार मागेँ’, पीडित महिलाको भनाइ उद्धृत गर्दै प्रहरी निरीक्षक यम बहादुर गुरुङले भने ,‘ गाँउले आएको देखेपछि दुवैजना मलाई छोडेर भागे ।’

आरोपित मध्येका वीरबहादुर रामलाई प्रहरीले पक्राउ गरिसकेको छ । अर्का आरोपित रामशरण माझी भने फरार छन् । माझीको खोजी भइराखेको प्रहरी नायव उपरिक्षक यज्ञप्रसाद भटटराइले बताए ।

पिडित महिलालाई स्वास्थ्य परिक्षणका लागि बिहीबार साँझ नारायणी उपक्षेत्रीय अस्पतालमा पठाइएको छ ।

पक्राउ परेका रामलाइ जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भटटराइले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.