दसैंको टीका लगाएर राजधानी फर्कन थाले

दसैंको टीका लगाएर राजधानी फर्कन थाले

काठमाडौँः दसैँ मनाउनका लागि काठमाडौँ उपत्यकाबाट बाहिरिएका मानिस फर्कन थालेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार विजयादसमीको तेस्रो दिन आजसम्म चार लाख मानिस राजधानी भित्रिसकेका छन् ।

महासङ्घका महासचिव सरोज सिटौलाका अनुसार दसैंको टीका लगाएर पूर्णिमासम्म ५० प्रतिशत मानिस काठमाण्डौं फर्कन्छन् भने ५० प्रतिशत मानिस तिहार पर्व मनाएर मात्र फर्किने गरिन्छ ।

उपत्यकाका विभिन्न नाकाबाट देशका विभिन्न गन्तव्यमा २२ लाखभन्दा बढी मानिस दसैँ मनाउन वाहिरिएका थिए ।

उपत्यकाका नागढुङ्गा, बल्खु, अरनिको राजमार्ग, बिपी राजमार्ग, साँखु, पासाङल्हामु मार्ग र टोखा–छहरे राजमार्गबाट यात्रु देशका विभिन्न गन्तव्यबाट फर्किरहेका छन् ।

महासचिव सिटौलाले दसैँका अवधिमा कुनै अप्रिय घटना नघटेको तथा विगतका दसैँभन्दा यसपालि यात्रु सहज तरिकाले गन्तव्यमा पुगेको र फर्कदा पनि सहज भएको बताए ।

दसैँलाई लक्षित गरी अहिले सानाठूला गरी दैनिक पाँच हजारको हाराहारीमा सवारी आवतजावत भइरहेको महासङ्घले जनाएको छ । सामान्य अवस्थामा दैनिक एक हजारदेखि एक हजार २०० सम्म सवारी आवतजावत गर्थे ।

महासङ्घले यात्रुको चाप र सुविधालाई मध्यनजर गरी असोज १५ देखि ३० गतेसम्म ‘पकेट पर्मिट’ दिएकाले देशभरका जुनसुकै सवारी जतासुकै सहज रुपमा जानसक्ने व्यवस्था गरेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.