कपिलवस्तुमा  चोरहरुको पनि भेला !

कपिलवस्तुमा  चोरहरुको पनि भेला !

चन्द्रौटा कपिलवस्तुः मोटरसाइकल चोरी गर्ने गिरोहको भेला शिवराज नगरपालिकाको एक बगैँचामा सम्पन्न भएको बुझिएको छ । तर चोरको समूहले आफूहरुले यस क्षेत्रमा कुनै पनि मोटरसाइकल नचोरेको बताएका छन् ।

स्रोतका अनुसार चोरहरुले रातभरि बगैँचामा खानपिन गरेको पनि खुल्न आएको छ । सो भेलामा कपिलवस्तु, रुपन्देही, नवलपरासी, रोल्पा, प्यूठान, दाङ र भारतका केही गिरोह सहभागी भएको स्रोतको भनाइ छ । पछिल्लो समय कपिलवस्तुमा मोटरसाइकल चोरी गर्ने गिरोह सक्रिय भएका छन् । कपिलवस्तुको चन्द्रौटामा सात महिनाको अन्तरालमा पाँचवटा मोटरसाइकल चोरी भएका छन् ।

हालसम्म शिवराज नगरपालिकाभित्र बेचन गुप्ता, पदम ढकाल, सिराज खान डक्टर, तिलक गैरे, अनिरुद्ध सपकोटा र विष्णु हमालका मोटरसाइकल चोरी भएका छन् । दसैँको आसपासमा मात्र तीनवटा मोटरसाइकल चन्द्रौटा क्षेत्रबाट चोरी भएको छ ।

असोज २२ गते राति सिराज खान डक्टरको लु २० प ९४१७ नंको मोटरसाइकल उनकै निवास पर्सियाबाट चोरी भयो । त्यसपछि असोज २६ गते राति शिवराज नगरपालिका-६ निवासी विष्णु हमालको लु १८ प २३९८ नंको मोटरसाइकल चोरी भयो र सोही रात तिलक गैरेको लु १२ प ४७७७ र अनिरुद्ध सापकोटाको लु २६ प ७६०४ नंको मोटरसाइकल शिवपुरबाट चोरी भयो ।

त्यस्को भोलिपल्ट विष्णु हमालको मोटरसाइकल शिवपुरको एक झाडीमा लुकाइराखेको अवास्थामा फेला प¥यो । अन्यको अझैसम्म पत्ता नलागेको र खोजी जारी रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

त्यस्तै, २०७२ चैत ४ गते चन्द्रौटाको नापी कार्यालयमा कार्यरत बेचन गुप्ताको लु १६ प ५०७४ नंको मोटरसाइकल र चन्द्रौटाका होटल सञ्चालन गरिरहनुभएको पदम ढकालको लु १३ प ५५५४ नंको मोटरसाइकलको अझैसम्म अत्तोपत्तो नभएको बताइएको छ । दिन प्रतिदिन मोटरसाइकल चोरी बढ्नु प्रहरी प्रशासनको कामजोरी रहेको स्थानीयवासीले बताएका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.