बाली जोगाउन खोज्दा करेन्ट लागेर मृत्यु

बाली जोगाउन खोज्दा करेन्ट लागेर मृत्यु

चितवनः पश्चिम चितवनका एकजना किसानको बाली जोगाउन खोज्दा करेन्ट लागेर ज्यान गएको छ।

पश्चिम चितवन नारायणी नगरपालिका–१२ जगतपुरमा यसरी तारबार लगाउन खोज्दा करेन्ट लागेर आज एक पुरुषको ज्यान गएको हो ।

वन्यजन्तुबाट खेतको बाली जोगाउनका लागि तारबार जोड्दै गर्दा एक्कासि करेन्ट लागेर स्थानीयवासी ५५ वर्षीय अर्जुन खतिवडाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

शुक्रबार बिहान करिब २ बजेको समयमा भएको उक्त घटनामा गम्भीर भएका खतिवडाको उपचारका लागि भरतपुर ल्याउँदै गर्दा बाटैमा ज्यान गएको प्रहरीले जनाएको छ ।

उनको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । चितवन निकुञ्ज र मध्यवर्ती क्षेत्र आसपासमा वन्यजन्तु पसेर बालीनाली नष्ट गर्ने र मानिसलाई समेत आक्रमण गर्ने गरेकाले स्थानीयवासीले बाली र घर संरक्षणका लागि यसरी करेन्ट प्रवाह गरेर तार लगाउने गर्दछन् । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.