दसैंका चर्चित सात तस्बिर

दसैंका चर्चित सात तस्बिर

काठमाडौँ: हिन्दुहरुको महान् पर्व दसैं आफन्तसँग भेटघाट गर्ने सुनौलो अवसर हो । समय सँगै दसैं मनाउने तरिका फरक हुँदै गएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले आआफ्ना निवासमा आ–आफ्नै ढंगले दसैं मनाए । राष्ट्रपतिले हनुमानढोकाका मूल पुजारी देवराज अर्यालको हातबाट टीका लगाइन् । उनले आफूले समेत विशिष्ट व्यक्तित्व र आफन्तजनलाई टीका लगाइदिइन् ।

भण्डारीले प्रधानन्यायाधीश सुशीला कार्की, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीदेखि आफ्नै छोरी उषाकिरणसँगै सर्वसाधारणसम्मलाई टीका लगाइदिइन् । यता उपराष्ट्रपति पुनले परिवार र सैन्यअधिकारीलाई टीका लगाएर दसैं मनाए ।

तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दसैंमा टीका लगाएनन् । सामाजिक सञ्जालमा दसैं नमनाएको भन्दै उनको आलोचना भयो । प्रधानमन्त्री प्रचण्डले आफूले मात्र टीका लगाएनन् परिवारका सदस्य र नेता कार्यकर्तालाई समेत टीका लगाइदिएनन् ।

उता पूर्वराजा ज्ञानेन्द्र शाहले भने निर्मल निवासमा हजारौँ सर्वसाधारणलाई टीका लगाइदिए । पूर्वराजा समक्ष टीका लगाउन पुगेका सर्वसाधारणका केही दृश्य रोचक छन् । राजाका शुभेच्छुकले टीका मात्र लगाएनन् पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमलका खुट्टासम्म ढोग्न भ्याए ।

दसैंका चर्चित सात तस्बिरमा राष्ट्रपति, उपराष्ट्रपतिदेखि पूर्वराजा ज्ञानेन्द्रसम्मका छन् । अन्नपूर्णका फोटोपत्रकार दिनेशविक्रम शाह, राष्ट्रिय समाचार समितिले खिचेका र सामाजिक सञ्जालमा भेटिएका चर्चित तस्बिरः


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.