दसैंमा घर आयौ, फर्कने कसरी ?

दसैंमा घर आयौ, फर्कने कसरी ?

संखुवासभाः ज्यानै जोखिम मोलेर मुस्किलले दसैं मान्न घर आएकी खाँदबारी-१ की मनिषा चापागाई कसरी काठमाडौ पुग्ने भन्ने तनावमा छिन् । उनी जस्तै टिका थाप्न गाउँ आएका धुपुका मात्रिका चापागाई पनि काममा कसरी फर्कने भन्ने चिन्तामा छन् । यि दुई पात्र मात्र नभएर हजारौले यिनै समस्या खेप्दै आएका छन् ।

जिल्ला सडक सञ्जालसँग जोडिएका २३ सडक मात्र नभएर कोशी राजमार्ग र माध्यपहाडी राजमर्ग समेतमा गाडी चल्न नसकपछि दसैं मान्न घर आएकाहरु कसरी फर्कने भन्ने चिन्ता छन् ।

खाँदबारी हुदै धरान छुट्ने गाडीको गन्तव्यमा पुग्नेकु नै टुङगो छैन । तुम्लिङटारबाट हिलेका लागि छुट्ने ट्याक्सीको समेत सडक खराबले चुनौती बढी भएकाले कम मात्रामा सञ्चालनमा छन् ।

मौसम खराव भन्दै तुम्लिङटार बिमानस्थलमा उडान रद्ध हुदै आएको छ ।

राज्यको असारे बिकास योजनाकै कारण सडक थप बिर्गिने गरेको यात्रुहरुको आरोप छ । राम्रो माटो र सोलिङ गरेको स्थानमा समेत असारमा बजेट सक्नकै लागि डोजर लगाएर माटोले पुर्ने गर्नाले थप सडक काम नलाग्ने भएको खाँदबारी-१ चिरन राईले बताउछन् । उनी फागुन अघिनै काम सक्नु पर्ने र बर्खा समयमा कच्ची सडकलाई बनाउने भन्दा पनि सुरक्षा दिनुपर्ने माग गर्छन् ।

गाउँगाउँबाट सदरमुकाम आउन पनि यातयात नचलेकाले समस्या भएको यातयात व्यवसायी महासंघका अध्यक्ष हरीश्वर थापा मगरले बताए । उनी तत्काल सडक मर्मतका लागि यातयात कार्यालय र स्थानीय निकाय, सडक कार्यालयसँग समन्वय गरेको बताए । खराब मौसमसँगै लगातारको बर्षादले सडकमा यातयात सञ्चालन हुन नसकेको व्यवसायीहरु बताउछन् ।

सडक डिभिजन कार्यालय तुम्लिङटारले भने बिग्रीएको सडकलाई मर्मतका लागि कुनै चासो देखाएको छैन । जसोतसो घर आएकाहरु राजमार्गदेखि कच्ची सडक समेतमा गाडी गुड्न नसके पछि फर्कन समस्या भएको गुनासो पोख्दै सरोकारवाला नीकायले चासो दिन माग गर्छन ।

यहाँका खाँदबारी-चैनपुर-मुडे सडक पुरै हिल्लाम्य छ । बिहानपाँच बजे छुटेको गाडी मुडेमा पुगेर बास बस्नु पर्ने बाध्यता छ भने पुग्ने कसरी मात्र नभएर जोखिम पनि उत्तिकै मोल्दै यात्रा गरेर दुई दिनमा धरान पुग्नु परेको यात्रुको अनुभव छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.