प्रयाेगवीहिन पाेखरी
वर्षाको पानी संकलन गरि धनकुटाको पाख्रिवास बजार नजिकै बनाइएको पोखरी । प्रयोगहीन अवस्थामा रहेको उक्त ठाउँमा करिव ३५ लाख रुपैया खर्चेर ६ वटा पोखरी निर्माण गरिएको छ । पोखरी निर्माणपछि सो ठाउँ वनभोज स्थलको रुपमा विकास भएको छ । सो पोखरीको कारण तल्लो भेगको गाउँमा खानेपानीका मुहान पलाएकोे स्थानीय बासिन्दाहरु वताउँछन् ।