पूर्वमन्त्री माधव घिमिरेको भाइको शव फेला
चितवनः दुई साताअघि त्रिशुलीमा गाडीसहित वेपत्ता पूर्वगृहमन्त्री माधव घिमिरेका भाइको शव फेला परेको छ ।
प्रहरीका अनुसार शनिबार बिहान तनहुँको देवघाट ४ बगहीस्थित त्रिशुली किनारमा फेला परेको हो । त्रिशुली किनारमा शव देखेपछि स्थानीय माझीले प्रहरीलाई खबर गरेका थिए ।
शवसंगै भेटिएको परिचय पत्र र लाइसेन्सका आधारमा जिल्ला प्रहरी चितवनका प्रमुख वसन्त कुँवरले शव घिमिरेको भएको पुष्टी गरेका हुन् । शव फेला परेको खबर पछि कुँवरको नेतृत्वमा प्रहरी टोली पुगेको थियो । शव फेला परेको स्थानमा जिल्ला प्रहरी तनहुँको टोलीले मुचुल्का उठाउने काम गरिरहेको डिएसपी श्रेष्ठले बताए ।
असोज ९ गते मुक्तिनाथ दर्शन गरेर फर्कने क्रममा घिमिरे परिवार सवार गाडी घोप्टेभीरबाट त्रिशुलीमा खसेर बेपत्ता भएको थियो ।
घिमिरेकी आमासहित ३ को घटनास्थलमा मृत्यु भएको भएको थियो । पूर्वमुख्यसचिवसमेत रहेका माधवप्रसाद घिमिरे र उनका दुई भाइ त्रिशुलीमा बेपत्ता थिए ।
वेपत्तामध्ये मोहनको शव भेटिएको हो । एकसाता सम्म प्रहरी, सशस्त्र प्रहरी र सेनाको टोलीले खोजी गरेको थियो ।