प्रधानमन्त्री प्रचण्ड इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा

प्रधानमन्त्री प्रचण्ड  इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा

नयाँदिल्लीः प्रधानमन्त्री पुष्पकमल ‘प्रचण्ड’लाई नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा भारतका लागि नेपाली कार्यबाहक राजदूत कृष्णप्रसाद ढकाल र भारतीय विदेश मन्त्रालयका अधिकारीहरुले स्वागत गरेका छन् ।

शनिबार बिहान नेपाल एयरलाइन्सको जहाजबाट प्रधानमन्त्री प्रचण्ड नेपाली समय अनुसार ९.४५ बजे इन्दिरा गान्धी विमास्थलमा अवतरण भएका हुन् ।

केही बेरमा प्रधानमन्त्री भारतीय विमानबाट गोवा प्रस्थान गर्ने छन् । प्रधानमन्त्री ‘प्रचण्ड’ ब्रिक्स सदस्य देशहरूको शिखर सम्मेलन तथा बिमस्टेक देशको आउटरिच सम्मेलनमा भाग लिन शनिबार भारत आएका हुन् ।

प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री प्रकाशरण महत, परराष्ट्र सचिव शङ्करदास वैरागी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव टङ्कमणि शर्मा, प्रधानमन्त्री पत्नी सीतासहित १८ सदस्यीय नेपाली प्रतिनिधिमण्ड भारत आइपुगेको छ ।

प्रधानमन्त्रीले गोवामा बिमस्टेक सदस्य राष्ट्रका सरकार प्रमुखको बैठक एवम् ब्रिक्स विमस्टेक सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.