पहिरोले चतरा–बराहक्षेत्र सडक अवरुद्ध

पहिरोले चतरा–बराहक्षेत्र सडक अवरुद्ध

धरानः लगातारको वर्षाका कारण पहिरो झरेपछि सुनसरीको प्रशिद्ध धार्मिक स्थल बराहक्षेत्र जाने मोटरबाटो अवरुद्ध भएको छ ।

पहिरोले सडक पुरेपछि बडादसैंको अवसर पारेर बराहक्षेत्र दर्शन गर्न आउने हजारौं तीर्थयात्री बीचबाटोमै अलपत्र परेका छन् । पहिरोले मोटरबाटो पुरेको तीन दिन बितिसक्दासमेत सडक विभागले खुलाउन पहल नगरेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन् ।

लगातारको वर्षासँगै झरेको पहिरोले बराहक्षेत्र गाविसमा पर्ने धनसार खोलानजिकैको सडक पहिरोले पुरेको छ । सडक पुरिएपछि यातायातका साधन सञ्चालनमा समस्या हुनुका साथै पैदल यात्रामा समेत असर परेको सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले बताए ।

पहिरोले सडक पुरेपछि सुनसरीको धरान, इटहरी र झुम्कादेखि चतरा हुँदै बराहक्षेत्र धाम जाँदै गरेका दर्जनौं सवारी साधन र सयौं यात्रु बीचबाटोमा अलपत्र परेका छन् ।

पहिरोले सडक अवरुद्ध पारेपछि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी परिचालन गरी स्थानीय बासिन्दाको सहयोगमा बाटो खुलाउने प्रयास भइरहेको एसपी पोखरेलले जानकारी दिए । पहिरोका कारण पैदल यात्रा गर्नसमेत कठिन भएपछि बाटो खुलाउन प्रहरी परिचालन गरिएको उनले बताए ।

धनसार खोलाछेउको करिब ४० मिटरभन्दा अग्लो भीरबाट पहिरो खसेर ५० मिटर सडक बगाएपछि चतरा–बराहक्षेत्र सडक अवरुद्ध बनेको हो ।

पहिरो हटाउन शुक्रबार बिहानैदेखि प्रहरी परिचालन गरिएको भए पनि जनशक्ति अभावका कारण खुलाउन सकिएको छैन । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कोसी अञ्चलका उपाध्यक्ष लक्ष्मी बानियाँले तत्काल चतरा-बराहक्षेत्र मोटरबाटो सञ्चालनमा ल्याउन माग गरेका छन् । सडक विभागको लापरबाहीका कारण यातायात मजदुर रातभर सवारीका साधान कुरेर बस्न बाध्य भएको उनको भनाइ छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.