जन्मदर्ता नहुँदा बालबालिकाले पढ्न पाएनन्

जन्मदर्ता नहुँदा बालबालिकाले पढ्न पाएनन्

इलामः जिल्ला कारागारमा आश्रित बालबालिकाको जन्मदर्ता नहुँदा उनीहरु पढाइबाट वञ्चित भएका छन् ।

कारागारमा अहिले चार बालबालिका उनीहरूका अभिभावकसँग बसिरहेका छन् । कारागारमा बसिरहेका ती बालबालिकाको जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित हुन पुगेका हुन् ।

अहिले पूर्वप्राथमिक विद्यालय जाने उमेरका बालबालिका कारागारमा छन् । अञ्जान क्षेत्री अहिले तीन वर्षका भए । अञ्जानकी आमा हिमादेवीसँगै कारागारमा बसिरहेका छन् । बच्चा फ्याँकेको मुद्दामा जेलजीवन बिताइरहेकी हिमादेवीको नागरिकता नहुँदा अञ्जानको जन्मदर्ता हुन नसकेको हो ।

विद्यालय पठाउने उमेरमा जन्मदर्ता नहुँदा कारागारमा राख्नु परेकाले जिल्ला कारागार इलाम पनि अप्ठ्यारोमा छ ।

कारागारमै आश्रित चार वर्षीया स्मृति राईको पनि जन्मदर्ता छैन । बाबुको पहिचान नभएको यी बालिकाको पनि विद्यालय भर्ना हुने उमेर पुगिसक्यो । आफ्नो नागरिकता नहुँदा छोरीको जन्मदर्ता हुन नसकेको पम्फाले बताइन् । पम्फा कतव्र्य ज्यान मुद्दामा २० वर्षे कैद भुक्तान गरिरहेकी छिन् ।

कारागारमा कैद भुक्तान गरिरहेका अधिकांश महिलाको नागरिकता नहुँदा उनीहरूसँग आश्रित बालबालिकाको भविष्यसमेत अन्धकारमा पर्दै गएको छ । कारागारमा रहेका ईश्वर श्रेष्ठ र निसान राईको पनि जन्मदर्ता छैन् ।

जन्मदर्ता गराउन बाबु र आमा दुवै जनाको नाम र ठेगाना यकिन हुनुपर्ने फुएतप्पा गाविसका सचिव कृष्णप्रसाद खनाल कारागारमा आश्रित यी बालबालिकालाई विभिन्न सङ्घसंस्थाले पढाउने व्यवस्था मिलाइदिने आश्वासन दिएपनि जन्मदर्ताको प्रमाणपत्र नहुँदा बालबालिका पढाइबाट वञ्चित हुनुपरेको कारागार प्रमुख सिर्जना लुईँटेल बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.