शङ्खपार्कमा एमालेको चियापान

शङ्खपार्कमा एमालेको चियापान

काठमाडौँ : नेकपा (एमाले) ले विजयादशमी, दीपावली, नेपाल संवत् र छठ लगायतका पर्वका अवसरमा शनिबार चियापान कार्यक्रमको आयोजना गरेको छ।

पार्टीको केन्द्रीय कार्यालय, धुम्रबाराहीसँगै रहेको शङ्खपार्कमा मन्यान्ह १२ देखि चियापान सुरु भएको छ। ३ बजेसम्म हुने चियापान कार्यक्रम चल्ने छ।

कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, मन्त्रीहरु, संवैधानिक निकायका पदाधिकारी, सांसदहरु, विभिन्न राजनीतिक पार्टीका नेता, मुख्यसचिवसहित नेपाल सरकारका उच्चपदस्थ कर्मचारी, विभिन्न आयोग, समिति, संस्थान, बैंक तथा वित्तीय क्षेत्रका प्रमुख, अध्यक्ष तथा महाप्रबन्धक र सुरक्षा निकायका अधिकारीको सहभागिता छ।

पार्टीका सचिव योगेश भट्टराईले पूर्वप्रशासक, लोकतान्त्रिक आन्दोलनका अग्रज व्यक्तित्व, नागरिक समाजका अगुवा, सहिद परिवार, उद्योगी–व्यवसायी, कलाकार, सञ्चारकर्मी, खेलाडी, विभिन्न पेसागत सङ्घसंस्थाका अगुवा तथा सबै पेसाकर्मीलगायत पार्टी कार्यकर्तालाई चियापानमा बोलाइएको

त्यसैगरी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिका साथै कूटनीतिक क्षेत्रका व्यक्तित्वलाई समेत आमन्त्रण गरिएको विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रमस्थलको मूल प्रवेशढोकामा राष्ट्रिय वेशभूषा झल्कने झाँकी प्रदर्शन गरिएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका नेताले स्वागत गरेका छन् एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीले सुरु गरेको चियापनलाई पार्टीले निरन्तरता दिँदै आएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.