प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्न मोदीको नेपालीमा ट्वीट

प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्न मोदीको नेपालीमा ट्वीट

काठमाडौँः शनिबार भारत पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्वागत गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भाषामा ट्वीट गरेका छन् ।

शनिबार दिउँसो मोदीले आफ्नो व्यक्तिगत अकाउन्टबाट प्रधानमन्त्री प्रचण्डलाई न्यानो स्वागद गर्दै नेपालीमा ट्वीट गरेका हुन् ।

मोदीले नेपालीमा गरेको ट्वीटमा भनिएको छ, ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारतमा न्यानो स्वागत गर्दछौँ । उनको भ्रमणले भारत–नेपाल सम्बन्ध अझ मजबुत बनाउने छ ।’

प्रधानमन्त्री ‘प्रचण्ड’ ब्रिक्स सदस्य देशहरूको शिखर सम्मेलन तथा बिमस्टेक देशको आउटरिच सम्मेलनमा भाग लिन शनिबार भारत गएका हुन् ।

शनिबार बिहान भारतको गोवामा हुने ‘ब्रिक्स सम्मेलन’मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड दिल्ली हुँदै गोवा पुगेका छन् । प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री प्रकाशरण महत, परराष्ट्र सचिव शङ्करदास वैरागी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव टङ्कमणि शर्मा, प्रधानमन्त्री पत्नी सीतासहित १८ सदस्यीय नेपाली प्रतिनिधिमण्ड गोवा पुगेको हो ।

प्रधानमन्त्रीले गोवामा बिमस्टेक सदस्य राष्ट्रका सरकार प्रमुखको बैठक एवम् ब्रिक्स विमस्टेक सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
भारतीय प्रधानमन्त्री मोदीले गोवा सम्मेलनमा भारत पुगेका प्रधानमन्त्रीलाई नेपाली भाषामा ट्वीट गरेर स्वागत गरेका हुन् ।

 प्रधानमंत्री पुष्पकमल दाहाल प्रचण्डलाइ भारतमा न्यानो स्वागत गरदा । उनको भ्रमणले भारत-नेपाल सम्बन्ध अझ मज़बूत बनाऊनेछ । @BRICS2016


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.