केही बेरमै प्रचण्डले चिनियाँ राष्ट्रपति सीसँग विशेष भेटवार्ता गर्दै

केही बेरमै  प्रचण्डले चिनियाँ राष्ट्रपति सीसँग विशेष भेटवार्ता गर्दै

काठमाडौँः शनिबार भारतको गोवा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही बेरमा चिनियाँ राष्ट्रपतिसी जिनपिङ सँग भेटवार्ता गर्दैछन् ।

नेपाली समय अनुसार शनिबार साँझको समय भेटवार्ताका लागि तय गरिएको छ। एकपटक रद्द भइसकेको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणलाई सुनिश्चित गर्नु नै भेटवार्ताको मुख्य उद्देश्य नै रहेको छ र  प्रचण्डले नेपाल भ्रमणका लागि सीलाई विशेष अनुराेध गर्दैछन्।प्रचण्डसँगको भेटवार्ताअघि  सीसँग भारतीय प्रधानमन्त्रीले पनि भेटवार्ता गर्ने कार्यक्रम छ। 

ब्रिक्स सम्मेलनमा सहभागी हुन नेपाल एयरलाइन्सको विमानबाट दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्ड एयर इण्डियाको ए ३२० विमानको विशेष उडानबाट शनिबार दिउँसो गोवा पुगेका हुन् ।

राष्ट्रपति सीले साथसाथै गर्ने भनिएको बंगलादेश यात्रा हुनु तर नेपाल यात्रा रद्द हुनुका पछाडि नेपालले असन्तुलित छिमेकी नीति अँगाल्नु र दाहाल भारतपरस्त हुनु मूल कारण भएको अड्कलबाजी भइरहेका बेला सीको नेपाल यात्रा सुनिश्चित गर्नु दाहालका लागि प्रतिष्ठाको विषय बनेको छ।

चिनियाँ राष्ट्रपति गोवा जाँदा वा गोवाबाट फर्कंदा नेपाल भ्रमण गर्ने भनिए पनि उनको भ्रमण अन्तिम समयमा रद्द भएको थियो । यसैबीच भारतमा हुन लागेका दुई सम्मेलनका क्रममा दाहालले शनिबार अपराह्न ६ बजे सीसँग आधा घन्टा भेट्ने तय भएको छ । दाहालले चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमण गराउन विशेष कुराकानी हुने आफू निकटस्थलाई बताएका छन्।

दाहालले चिनियाँ राष्ट्रपतिसँगको भेटमा सीले अघि बढाएको ‘वान रोड वान बेल्ट' मा नेपाल सक्रिय रूपमा सहभागी हुने प्रतिबद्धता जनाउने दाहालका विदेश मामिला सल्लाहकार ऋषिराज अधिकारीले बताएका छन्।

त्यस्तै विगतमा भएका पारवहन तथा यातायात सम्झौतालगायत चीनसँगका सबै सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता दाहालले व्यक्त गर्ने उनले बताए ।
‘चिनियाँ राष्ट्रपतिको चाँडै भ्रमण होस् भन्नेमा सरकार दृढ छ', उनले भने ।'

चिनियाँ राष्ट्रपतिको भ्रमण तत्काल रोकिए पनि डिसेम्बरभित्र नेपाल भ्रमण गराउन दाहालले विशेष पहल गर्दैछन्। प्रधानमन्त्री दाहालको चीनका राष्ट्रपति सी जिनपिङसँग शनिबार बेलुका र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग आइतबार भेटवार्ता हुँदैछ।

गोवा विमानस्थलमा प्रधामन्त्रीलाई भारतीय विदेश राज्यमन्त्री एमजे अकोवर, नेपालका लागि भारतीय राजदूत रञ्जित रे, भारतका लागि नेपालका कार्यवाहक राजदूत कृष्णप्रसाद ढकाल लगायतले स्वागत गरे ।

स्वागतमा भारतीय सुरक्षा फौजले प्रधानमन्त्रीलाई सम्मान गरेको थियो भने विभिन्न सांस्कृतिक झाँकीहरु समेत प्रदर्शन गरिएको थियो ।

प्रधानमन्त्रीको भ्रमण दलमा प्रधानमन्त्रीकी धर्मपत्नी सीता दाहाल, परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतलगायत सहभागी छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.