हात्तीको आक्रमणबाट महिलाको मृत्यु

हात्तीको आक्रमणबाट महिलाको मृत्यु

भीमदत्तनगरः जङ्गली हात्तीको आक्रमणबाट कञ्चनपुरको बेलौरी नगरपालिका–१५ रामघाटका ३५ वर्षीया सुन्दरी चौधरीको शनिबार दिउँसो मृत्यु भएको छ ।

श्रीमान् आशाराम चौधरीसित साइकल चढेर शङ्करपुरको चानँदेउ आउनेक्रममा स्थानीय गोरखनाथ सामुदायिक वनमा हात्तीले आक्रमण गर्दा महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नैनसिंह कार्कीले जानकारी दिए ।

जङ्गलको बाटोमा साइकलयात्रा गरिरहेका चौधरी दम्पतीलाई जङ्गली हात्तीले लखेट्दा मृतकका श्रीमान् आशाराम साइकल छाडेर भाग्न सफल भएपनि श्रीमती सुन्दरीको भने हात्तीले कुल्चेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । हात्तीको बथानबाट भाग्न सफल भएका आशारामले जङ्गल छेउकै गाउँ पुगेर घटनाबारे जानकारी गराएका थिए ।

प्रहरीका अनुसार घटनाबारे छानबिन गर्न इलाका प्रहरी कार्यालय बेलौरी र शङ्करपुर प्रहरी चौकीको टोली घटनास्थल पुगेको छ ।

विगत तीन सातायता कञ्चनपुरका विभिन्न क्षेत्रमा भारतको दुधुवा नेसनल पार्कका जङ्गली हात्तीले आतङ्क नै मच्चाउँदै आएका छन् ।

करिब ३५-४० वटाको बथानमा रहेको हात्तीको समूहले कञ्चनपुरको करिब एक सय ५० बिगाहाको धानबाली नष्ट गरिसकेका छन् । हात्तीपीडितले जिल्ला वन र शुक्लाफाँटा आरक्ष कार्यालयमा गरी झन्डै चार सयले क्षतिपूर्तिका लागि उजुरीसमेत दिएका छन् ।

हात्तीले बेलौरी, पुनर्वास, त्रिभुवनबस्ती, शङ्करपुर र भीमदत्तनगरपालिकाका विभिन्न वडामा बढी क्षति पुर्याएका छन् । जङ्गली हात्ती धपाउन स्थानीय प्रशासन र स्थानीयवासी जुटिरहेको तर नियन्त्रणमा ल्याउन सकिएको छैन । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.