गाेवामा प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच विशेष भेटवार्ता

गाेवामा प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच विशेष भेटवार्ता

काठमाडौँः भारतको गोवामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार साँझ चिनियाँ राष्ट्रपति सी जिनपिङ सँग भेटवार्ता गरेका छन् ।

एकपटक रद्द भइसकेको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणलाई सुनिश्चित गर्नु नै भेटवार्ताको मुख्य उद्देश्य नै रहेको बताइएको छ र  प्रचण्डले नेपाल भ्रमणका लागि सीलाई विशेष अनुराेध गरेका छन्।

चिनियाँ राष्ट्रपतिसँगको भेटमा पूर्वाधार, व्यापार, पारवहन र विकासका विषयमा छलफल भएको छ । प्रधानमन्त्री प्रचण्ड र सीबीचको भेटमा दुई देशको सुमधुर कसरी सुदृढ बनाउने विषयमा समेत छलफल भएको छ । 

प्रचण्डसँगको भेटवार्ताअघि सीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेटवार्ता गरेका थिए।

ब्रिक्स सम्मेलनमा सहभागी हुन नेपाल एयरलाइन्सको विमानबाट दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्ड एयर इण्डियाको ए ३२० विमानको विशेष उडानबाट शनिबार दिउँसो गोवा पुगेका हुन् ।

राष्ट्रपति सीले साथसाथै गर्ने भनिएको बंगलादेश यात्रा हुनु तर नेपाल यात्रा रद्द हुनुका पछाडि नेपालले असन्तुलित छिमेकी नीति अँगाल्नु र दाहाल भारतपरस्त हुनु मूल कारण भएको अड्कलबाजी भइरहेका बेला सीको नेपाल यात्रा सुनिश्चित गर्नु दाहालका लागि प्रतिष्ठाको विषय बनेको छ।

चिनियाँ राष्ट्रपति गोवा जाँदा वा गोवाबाट फर्कंदा नेपाल भ्रमण गर्ने भनिए पनि उनको भ्रमण अन्तिम समयमा रद्द भएको थियो । दाहालले चिनियाँ राष्ट्रपतिसँगको भेटमा सीले अघि बढाएको ‘वान रोड वान बेल्टु मा नेपाल सक्रिय रूपमा सहभागी हुने प्रतिबद्धता जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.