भक्तपुरको नवदुर्गा मन्दिरमा राष्ट्र प्रमुखको सवारी
कुरा २०४५ सालको हो । त्यो वर्षको भदौ ५ गते बिहान ५ः०० बजे । धरानमा केन्द्रविन्दु पारेर नेपालमा ठूलो भइँचालो गयो । त्यसबाट पूर्वी जिल्लाहरूमा धेरै धनजनको क्षति भयो । त्यसले उपत्यकामा पनि क्षति पुर्याए । सबैभन्दा बढी उपत्यकाका तीन सहरमध्ये भक्तपुरमा क्षति पुगेको थियो । धेरै मान्छे हताहत भए, घरहरू पनि निकै भत्किए ।
भदौ ९ गते राष्ट्रिय पञ्चायतका पूर्व सदस्य कर्णप्रसाद ह्योजूको अगुवाइमा भूकम्पपीडितहरूलाई राहत वितरण गर्ने काम भयो । त्यसमा घर भत्केकाले पाएनन्, नभत्केकाले राहत पाए भन्ने विषयमा किचलो भयो । त्यसमा हुल बढ्दै गयो ।
त्यही हुलले ह्योजूलाई जुत्ताको माला लगाएर भक्तपुर नगर परिक्रमा गरायो । त्यसै भीडले उनलाई पिट्यो, त्यसैबाट उनी सख्त घाइते भए । उनलाई उपचारको लागि वीर अस्पताल लगियो । उपचार गर्दागर्र्दै अस्पतालमै उनको निधन भयो ।
त्यसपछि प्रशासनले भक्तपुरमा नेपाल मजदुर किसान संगठन (त्यसबेला पार्टी प्रतिबन्धित थियो) का नेता–कार्यकर्तालाई व्यापक धरपकड ग¥यो । लामो समयसम्म भक्तपुरमा एक खालको राज्य आतंक नै चल्यो । त्यसबेला म पनि त्यस संगठनको कार्यकर्ता थिएँ। त्यसैले त्यस आतंकबाट बच्न म पनि भूमिगत भए ।
मेरो एकजना व्यासीका मित्र छन्, हरिप्रसाद दुवाल । एक दिन उनले मलाई खबर पठाए– बासु पासासित भेट्ने हो कि भनेर । बासुपासा व्यासी टोलका ज्वाइँ थिए । उनी अञ्चलाधीश भइसकेका थिए । उनी २०२१÷२२ सालतिर भक्तपुरमा भूमिसुधार अधिकारी भएर आएका थिए । उनी साहित्यकार पनि थिए । यसबारेमा मैले मेरा केही साथीहरूसित कुरा राख“े, छलफल गरे“ । त्यसपछि मैले एकचोटि उनलाई भेटौँ न भनेर खबर गरे“ । एक दिन सा“झ हरिप्रसादका घरमा मलगायत केही साथीहरूले बासु पासालाई भेट्यौं ।
उनी पुराना राजनीतिक कार्यकर्ता र साहित्यकारसमेत भएकाले पछिसम्म उनीसित मेरो सम्पर्क र सम्बन्ध रहिरह्यो । एक दिन उनले मलाई बिहानै फोन गरेर ह्युमत टोलस्थित आफ्नो घरमा बोलाए । म पुग्नेबित्तिकै उनले भने, ‘आज तिमीलाई एकजना ठूला मानिससँग भेट गराउन लैजान्छु ।'
मेरो मनमा खुल्दुली चल्यो ती ठूला मान्छे को होलान् भन्नेमा । मैले पनि ती ठूला मान्छे को हुन् भनेर उनीसित सोधिनँ । उनले आफ्नो पुरानो मोटरसाइकल निकाले । म उनको पछाडि बसें । केहीबेरमै हामी एउटा कम्पाउन्डवाला घरमा पुग्यौँ । त्यहाँ पुगेपछि उनले भने, ‘यो राजाका मुख्य सचिव खनाल बाजेको निवास हो ।'
हामी भित्र पस्यौं । कोठामा राजा वीरेन्द्रका प्रमुख सचिव रञ्जनराज खनाल गलैँचामा बसेर केही लेख्दै थिए । वासु पासाले दुई हात जोडेर भने, ‘नमस्कार हजुर ।' उनले पुलुक्क हेर्दै नमस्कार फर्काए । त्यसपछि बासु पासाले मलाई देखाउ“दै भने, ‘हजुर, मैले भक्तपुरका एकजना शिक्षक लिएर आएको छु ।'
त्यसपछि मैले पनि दुई हात जोडेर उनलाई नमस्कार गरें । उनले मेरो नमस्कार फर्काएनन्, बरु अकस्मात एउटा प्रश्न गरे, ‘ए, भक्तपुरेहरू किन राजाविरोधी ह“ ? ' मेरो ओठमुख सुके । के गरू“, के भनू“ जस्तो भो । मैले जवाफ दिन नपाउ“दै फेरि उनैले दोहोर्याएर सोधे, ‘राजाविरोधी हुनुको पनि कुनै कारण हुनुपर्यो नि ।'
त्यसपछि मैले नबोली सुखै भएन । मैले मन दह्रो बनाएर भनेँ, ‘हजुर, भक्तपुरेहरू राजाविरोधी होइनन् । बरु राजाचाहिँ भक्तपुरेविरोधी भए ।' मेरो कुरा सकिन नपाउँदै उनले प्रतिप्रश्न गरे, ‘कसरी, कसरी ? '
मैले भनेँ, ‘हजुर, उपत्यकामा तीनवटा सहर छन् । काठमाडौँको इन्द्रजात्रामा बर्सेनि राजाको सवारी हुन्छ । पाटनको भोटोजात्रामा पनि राजाको सवारी हुन्छ ।
ती दुई सहर र जिल्लाका वासिन्दासित राजा सालबसाल सुख–दुःख साट्न पुग्छन् । तर भक्तपुरमा भने कहिल्यै कुनै जात्रा अथवा चाडपर्वमा राजाको सवारी हुँदैन । के भक्तपुरे, दोस्रो दर्जाका जनता हुन् ? भक्तपुरले पृथ्वीनारायण शाहलाई मीतछोरा बनाएर पालेका थिए । त्यसबाट उनलाई नेपाल एकीकरण गर्ने प्रेरणासमेत मिलेको थियो ।
त्यहीँका जनतालाई उपेक्षा गरेर राजा स्वयं भक्तपुरेविरोधी भएका छन् ।' मैले यति भनेपछि उनी अवाक भए । त्यसपछि उनले बासु पासासित सोधे, ‘ए पासाजी, यिनले भनेको कुरा सही हो ? ' बासु पासाले भने, ‘त्यो मलाई भन्दा हजुरलाई नै राम्ररी थाहा होला । हजुरले त्यसबारे सोधखोज गरे झन् राम्रो हुन्छ ।' त्यसपछि उनले आफ्नो डायरी झिकेर केही टिपोट गरे । मलाई पनि बस भने ।
एकछिनपछि हामीलाई चिया आयो । चिया खा“दै गर्दा उनले मलाई भूपू रापस कर्णप्रसाद ह्योजूका बारेमा सोधे । उत्तरमा मैले भनें, ह्योजू मैले काम गर्ने स्कुलकै प्रधानाध्यापक थिए । उनले त्यसबाट राजीनामा गरेर रापसमा उठे र जिते पनि । उनलाई जिताउन नेमकिसंले सघाएको थियो । पछि उनी र संगठनबीच मनमुटाव भयो ।
त्यही कारण संगठनले उनलाई निस्कासन गर्यो । उनले आफ्नो छुट्टै समूह बनाए । ०४३ सालमा रापस र ०४४ सालमा स्थानीय निकायको चुनाव भयो । ती दुवै चुनावमा ह्योजूले पनि आफ्नो समूहका मान्छे उठाए । त्यसबेला उनले नेमकिसं र त्यसका नेता नारायणमान बिजुक्छे रोहितको कटु आलोचना गरे । नासमना टोलमा भएको एउटा आमसभामा मैले पनि त्यस्तो आलोचना सुनेको थिए“ । भोलिपल्ट ह्योजूसित उनकै घरनजिकको बजार टिबुक्छेमा भेट भयो । उनले मसित सोधे, ‘हिजो मेरो भाषण सुन्यौ ? '
मैले जवाफ दिएँ, ‘सुनें ।'
‘कस्तो लाग्यो ? ', उनले कूतुहलका साथ सोधे ।
‘राम्रो लाग्यो', मैले भनेँ ।
त्यसपछि फेरि उनले थपे, ‘हिजोको तपार्इंको भाषणमा व्यंग्य छ, गाली र छुद्र शब्दहरू पनि छन् । सुन्नेलाई राम्रो लाग्ला र ताली पनि राम्रै बज्ला । तपाईंहामीलाई थाहा नै छ, तपाईंहरूले आफ्नोविरोधी कृष्णभक्त चगुठी र राधेश्याम जोन्छेलाई जुत्ताको माला र उल्टो टोपी लगाएर नगर घुमाउनुभयो । अहिले तपाईंले रोहित र उनको संगठनविरुद्ध कठोर तर सत्य बोल्नुभयो । त्यस्तै घटना तपाईंमाथि पनि घटित हुन सक्छ । होसियार भएर हिँड्नु होला ।'
उनले भने, ‘म लाटो छु र ? त्यसै होला भनेर मैले त्यो भाषण गर्नुपहिल्यै राजदरबार, गृह मन्त्रालय, अञ्चलाधीश कार्यालय र सिडिओ कार्यालयमा रोहित र उनका साथीहरूबाट मलाई खतरा छ, शान्तिसुरक्षा गरी पाऊ“ भनेर निवेदन दिइसकेको थिएँ । अब मलाई कसैले केही गरे रोहित र उनका कार्यकर्तालाई सरकारले पाता फर्काउनेछ ।'
त्यो कुरा मैले रोहितलाई भनोस् भन्ने मनसायले नै उनले मलाई सुनाएका थिए । त्यसबेला मेरो रोहितसित अत्यन्त राम्रो सम्बन्ध थियो । ह्योजू मारिएका हुन् । उनीमाथि अन्याय भएकै हो । त्यो घटना राति वा कतै बन्दकोठामा भएको थिएन । सरकारले त्यसबारे छानबिन गरेर जसले बद्मासी गरेको हो, त्यसलाई सजाय गर्नुपर्छ । त्यो सरकारको कर्तव्य हो, दायित्व पनि हो । तर सरकारले त्यसो नगरी ह्योजूले दिएको पुरानो निवेदनकै आधारमा रोहित र उनका कार्यकर्तालाई दमन ग¥यो । त्यसमा प्रशासनको राजनीतिक पूर्वाग्रह देखियो । प्रकारान्तरले त्यसबाट विरोधीलाई नै बल पुर्यायो ।
‘राजा भएको मुलुकमा न्याय पाइन्छ भन्ने सबैको भरोसा थियो । गाउ“घरमा वा टोल–छिमेकमा कहीँकतै झगडा हुँदा निर्धो पक्ष भन्ने गर्थे ‘राजा नभएको मुलुक हो र ? ' भनेर । अझ हाम्रो मुलुकमा ‘न्याय हराए गोरखा जानू' भन्ने उखानै छ ।
गोरखाकै राजवंशले शासन गरेको मुलुकमा कसैले पनि अन्याय भोग्नुपर्यो भन्ने गुनासो गर्नु नपरोस् । ह्योजूलाई पनि न्याय होस् । उनको निवेदनको आधारमा प्रशासनले निरपराध मान्छेमाथि गरिएको दमनचक्र पनि बन्द हुनुपर्छ । दमनमा परेका जनताले पनि न्याय पाउनुपर्छ । त्यसो भएमा राजा र राजतन्त्रप्रति जनताको आशा र विश्वास बढ्नेछ', उनले मेरा कुरा एकचित्त भएर सुनिरहे ।
त्यसपछि उनले भने, ‘माझीले पोखरीमा माछा मार्न जाल हान्दा त्यसमा भ्यागुता पनि पर्छन् । उनको काम भ्यागुता मार्ने होइन, माछा मार्ने हो । सरकारले पनि अपराधीलाई सजाय गर्ने हो, निरपराधलाई होइन । माझीले जालबाट माछा केलाएर भ्यागुता छोडे झैँ पछि निरपराधलाई पनि सरकारले छोड्नेछ । सरकारले निरपराधलाई जेलमा हाल्दैन ।
त्यसको लागि केही समय लाग्ला, सबैले न्याय पाउनेछन् ।' त्यसपछि मैले थपें, ‘त्यसो भयो भने राजा र सरकारको गरिमा बढ्नेछ । एउटा कुरा राख्न चाहन्छु । काठमाडौँ र पाटनमा जस्तै भक्तपुरमा पनि राजा सवारी भए जनतासित हिमचिम बढ्छ । त्यसको लागि यहा“को कुनै न कुनै पावन पर्वमा राजाको सवारी चलाउनुपर्यो ।' मैले त्यसो भन्दै गर्दा पनि उनी एकचित भई सुनिरहेका थिए ।
त्यसपछि उनले मलाई सोधे, ‘भक्तपुरको समस्याचाहिँ के छन् ? '
पैंतालीस सालदेखि कोजाग्रत पूर्णिमाको दिन नवदुर्गा मन्दिर गछेंमा राजा वीरेन्द्रको सवारी भइरह्यो । राजा ज्ञानेन्द्र पनि त्यस मन्दिरमा सवार भए । त्यति मात्र होइन, गणतन्त्रका राष्ट्रपतिले पनि त्यो बिँडो थामेकै छन् ।
मैले भनेँ, ‘भक्तपुर उपत्यकाकै पुरानो सहर भएर पनि सुदूरको गाउ“ झैँ छ । सरकारले सबै सरकारी कार्यालयहरू काठमाडौं र पाटनमा थुपारेको छ । त्यसले गर्दा काठमाडौँमा अत्यधिक ट्राफिकको चाप पनि बढेको छ । भक्तपुर भने सुनसान छ । सरकारले कुनै केन्द्रीय अथवा क्षेत्रीय कार्यालयहरू भक्तपुरमा स्थापना गरे काठमाडौँमा ट्राफिक चाप घट्छ । भक्तपुरमा मान्छेको आवतजावत बढ्छ ।
त्यसले यहाँका जनतालाई रोजगारको अवसर पनि प्राप्त हुन्छ । उपत्यकाको विकास सन्तुलित हुन्छ । त्यसो नगरी सरकारले सबै अफिस काठमाडौँमा मात्र थुपार्ने काम गरिरहे अब आउने बीस–तीस वर्षपछि काठमाडौँमा गाडीबाट जाने मान्छेभन्दा हिँडेर जानेहरू छिटो घर पुग्नेछन् । त्यसबारे पनि सरकारले ध्यान पुर्याए राम्रो हुन्छ जस्तो लाग्छ ।'
उनले बासु पासासित सोधे, ‘बासुजी, यिनका कुरा ठीक छन् र ? '
बासु पासाले भने, ‘गलत कुरा गर्ने मान्छे ल्याएर मैले किन हजुरको समय बर्बाद पार्थें र ? मेरो पनि बिन्ती छ, ह्योजू काण्डबारे सरकारले राम्ररी छानबिन गरोस् । निरपराध मान्छेले दुःख नपाऊन् ।'
त्यसपछि उनले भने, ‘ठीक छ म पनि बुझौँला ।'
हामी उनीसित बिदाबारी भई फर्कियौं । बाटोमा बासु पासाले मलाई भने, ‘बाबुचांया“, खनाल बाज्या यात ध्वाथुहका हे नवात । छगु“ ख“ जित नं लुदान । अर्थात् तिमीले खनाललाई चित्त बुझ्ने गरी कुरा राख्यौ । तिम्रो कुराले मेरो पनि चित्त बुझ्यो ।'
त्यही सालदेखि कोजाग्रत पूर्णिमाको दिन नवदुर्गा मन्दिर गछेंमा राजा वीरेन्द्रको सवारी भइरह्यो । राजा ज्ञानेन्द्र पनि त्यस मन्दिरमा सवार भए । त्यति मात्र होइन, गणतन्त्रका राष्ट्रपतिले पनि त्यो बिँडो थामेकै छन् ।
त्यसबेला राजाका कानमा उचित कुरा पुर्याउन सके काम हुँदो रहेछ भन्ने उदाहरण बन्न पुग्यो त्यो घटना । अहिले त्यो घटना भक्तपुरवासीका निम्ति अविस्मरणीय क्षण हुन पुगेको छ ।