नेपाल एसिया कपमा 

नेपाल एसिया कपमा 

काठमाडौः विश्व कप क्रिकेट छनोटबाट बाहिरिएको नेपाल एसिया कपका लागि भने छनोट भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) महिला विश्वकप २०१७ को एसियाली छनोटअन्तर्गत शनिबार भएको खेलमा नेपालले चीनलाई चार विकेटले पराजित गरी एसिया कप यात्रा तय गरेको हो । प्रतियोगिताअन्तर्गत आफ्नो अन्तिम खेलमा प्राप्त यो जितपछि नेपाल उपविजेता बन्यो ।

चार टोली सहभागी प्रतियोगितामा नेपाल पाँच खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा रह्यो । १० अंक भएको थाइल्यान्ड अपराजित रहँदै विजेता बन्यो । तेस्रो स्थानमा रहेको हङकङले चार अंक जोड्यो । प्रतियोगिताबाट थाइल्यान्डबाहेक एक शीर्ष टोली छनोट हुने प्रावधान थियो । आयोजकका रूपमा थाइल्यान्ड यसअघि नै छनोट भइसकेको थियो ।

सन् २००७ देखि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको नेपाली महिला टोली एसिया कपमा छनोट भएको यो पहिलो अवसर हो । एसिया कपमा एसियाका चार टेस्ट राष्ट्रसहित नेपाल र थाइल्यान्ड सहभागी हुनेछन् । शनिबार नै भएको अर्को खेलमा थाइल्यान्डले हङकङलाई सात विकेटले हराइदिएपछि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको एसिया कपमा सहभागिता निश्चित भएको हो । एसिया कप आगामी नोभेम्वर र डिसेम्बरमा थाइल्यान्डमा हुनेछ ।

यसअघि आफ्नो चौथो खेलमा शुक्रबार थाइल्यान्डसँग पराजित भएपछि विश्वकपको विश्वस्तरीय छनोटमा सहभागी हुने नेपालको योजना असफल बनेको थियो । तर चीनविरुद्ध भने नेपालले राम्रो प्रदर्शन गर्‍यो । पहिले ब्याटिङ गरेको चीनले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ८५ रन बनाएको थियो ।

नेपालले १७.३ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । नेपालको जितमा पूर्वकप्तान नेरी थापाले सर्वाधिक २२ रन बनाइन् । २७ बल सामना गरेकी नेरीले एक चौका प्रहार गरिन् । यसैगरी सीता रानामगरले २०, रुविना क्षेत्रीले अविजित १३ र इन्दु बर्माले १० रन जोडे । बलिङमा चीनकी ऊ जुआन, जोङयुन लु, ली यीङविङ, लिय जी, फेङफेङ सोङले एकएक विकेट लिएका थिए ।

यसअघि चीनका लागि ओपनर फेङफेङ सोङले ३४ रन बनाएकी थिइन् । ओपनर ब्याट्स वुमन जोउ मिएओले १८ तथा चाई उदिनले १० रन बनाएकी थिइन् । अन्य खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेनन् । पहिलो विकेटका लागि ४२ रनको साझेदारी गरेको चीन त्यसपछि भने लगातार दबाबमा आयो । चीनले ८० रन जोड्दा पाँचौं विकेट गुमाएको थियो । बलिङमा नेपालकी रुविना क्षेत्रीले दुई विकेट लिइन् । निर्मलाकुमारी शाही र करुणा भण्डारीले एकएक विकेट लिएका थिए ।

चार ओभरमा केवल १० रन खर्चिएकी रुविना प्लेयर अफ दी म्याच घोषित भइन् । यसैगरी अर्को खेलमा पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा सात विकेको क्षतिमा ८३ रन बनाएको थियो । ८४ रनको विजय लक्ष्य थाइल्यान्डले १८.५ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो । थाइल्यान्डका लागि सिरिन्ट्रा सेङसाकाओराटले अविजित ३६ रन जोडिन् । सोरनारिन टिपोचले अविजित १७ रन बनाए । बलिङमा हङकङका मारिको हिल, कारलोटी चान र कारी चानले एकएक विकेट लिए ।

हङकङका लागि यस्मिन दस्वानीले अविजित १७ रन बनाइन् । ईमा लीले १६ तथा किनु गिल र मारिको हिलले समान ११÷११ रन जोडे । अन्य खेलाडीले दोहोरो संख्यामा रन बटुल्न सकेनन् । बलिङमा थाइल्यान्डका नाटाया बोचाथाम र सोरनारिन टिपोचले दुईदुई तथा चानिदा सुठिरुवाङ र सुलेप्रोन लाओमीले एकएक विकेट झारे । थाइल्यान्डकी सिरिन्ट्रा सेङसाकाओराट प्लेयर अफ दी म्याच घोषित भइन् । आफ्नो चौथो खेलमा हङकङ शुक्रबार चनसँग पराजित भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.