प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाका राष्ट्रपति सिरसेनाबीच भेटवार्ता

 प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाका राष्ट्रपति सिरसेनाबीच भेटवार्ता

गोवाः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरसेनाबीच भेटवार्ता भएको छ।

आइतबार बिहान गोवाको लिला होटलमा भएको भेटवार्तामा उनीहरुबीच दुई देशबीच सिधा हवाई सेवा सञ्चालन र स्थगित सार्क शिखर सम्मेलन शिघ्र आयोजना गर्नेबारे छलफल भएको थियो। भेटमा प्रधानमन्त्री प्रचण्डले भौगोलिक दृष्टिले नेपाल र श्रीलंका केही टाढा रहेपनि दुवै देशले दक्षिण एसियाको विकास र सम्बन्धमा मिलेर भूमिका खेल्नुपर्नेमा जोड दिएको प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयले जनाएको छ। 

प्रधानमन्त्री प्रचण्डले नेपाल र श्रीलंकाबीच सिधा हवाई सेवा सञ्चालनमार्फत् दुई देशबीचको सम्बन्धलाई थप मजभूत बनाउनुपर्ने बताएका थिए। प्रधानमन्त्रीले सार्क शिखर सम्मेलन शिघ्र आयोजना गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि सार्क राष्ट्रहरुबीच साझा धारणा आवश्यकता रहेको बताए।

जवाफमा श्रीलंकाली राष्ट्रपति सिरसेनाले नेपालसँग श्रीलंकाको सम्बन्ध मैत्रीपूर्ण रहेको भन्दै सार्क सम्मेलन आयोजनाका लागि दुवै देश मिलेर पहल गर्नुपर्ने बताएका थिए। उनले नेपालले राखेको चासोप्रति श्रीलंका सकारात्मक रहेको बताएका थिए।

भेटमा प्रधानमन्त्री प्रचण्डले लागुऔषधको अभियोगमा श्रीलंकाले ललितपुरका चेतबहादुर थापालाई दिएको मृत्युदण्डको फैसलाबारे पुनःविचार गर्न सिरसेनासँग अनुरोध गरेका थिए। श्रीलंकाली राष्ट्रपतिले संविधानअनुरुप पाएको अधिकार प्रयोग गरी थापाको मृत्युदण्डको सजाय कटौती गर्न प्रधानमन्त्री प्रचण्डले सिरसेनासँग आग्रह गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.