विवादमा विश्व हिन्दू महासंघको सम्मेलन

विवादमा विश्व हिन्दू महासंघको सम्मेलन

काठमाडौँ: एक सयभन्दा बढी धार्मिक संस्थाको धार्मिक मोर्चा सनातन हिन्दू मोर्चाको बैठकमा विश्व हिन्दू महासंघको कार्तिक ४, ५ र ६ गते हुने सम्मेलन नजिँकिदै जाँदा देशका धार्मिक क्षेत्र नै नसमेटिने गुनासो आएको छ ।

आजको मितिसम्म विश्व हिन्दु महासंघ धार्मिक क्षेत्रमा समन्वय गर्न नसकेको र नगरेको तथा स्वैच्छाचारी चरित्र, टुटफुटको राजनीति, देशको कानून विधि विधान र संघसंस्था ऐन अन्तर्गत अपडेट नभएको कुरा बैठकमा उठेको छ ।

त्यसैगरी छातासंगठनको चरित्रमा आँफूलाई ढाल्न नसकेको, धार्मिक गुरुको गरिमा र महिमा जोगाएर व्यवस्था गर्न नसकेको, धर्मनीरपेक्ष संविधान बन्दा कुनै कार्य गर्न नसकेको र सकेको आन्दोलन गर्ने धार्मिक क्षेत्रको सम्मान गर्न नसकेको, धार्मिक व्यक्तिहरु समेट्न नसकेको, धर्मको ज्ञान भएका व्यक्ति भन्दा पनि अध्यक्ष प्रधान विधान राखेर सामूहिक सहकार्य नगरी अन्य व्यक्तिमा अधिकार नबाँडेको गुनासो बैठकमा सहभागीले गरेका छन् ।

विधान परिवर्तन गरेर प्रजातान्त्रिक पद्दतिबाट पदाधिकारी र सदस्य छान्ने अवधारणा नबनाएको र पद्दति परिवर्तन गर्ने योजना पनि नबनाएको, राष्ट्रिय समिति शक्तिशाली बनाउँने योजना श्रोत साधन उपलब्ध नगरीएको, गुट उपगुट बनेका राष्ट्रिय समितिलाई मिलाउने कार्य गर्न नसकेको, देश भरीका धार्मिक संघ संगठनको भावनालाई समेट्ने मौका पाउदा पनि उदासिन रहेको, धार्मिक संघ संगठनलाई समन्वय गरेर संगठित गर्नुको साटो कुरा काट्ने, हेप्ने होच्याउने र हुकुमी शैलीमा निर्देशन दिने चरित्र भएका व्यक्तिको हावी गराएको कारण देशको धार्मीक शक्ति केन्द्र बन्न नसकेको भनेर फरक फरक व्यक्तिबाट बैठकमा समीक्षा भएको छ

बैठकले कार्तिक १ गतेसम्म महासंघले आधिकारिक धारणा बनाउन र वार्ता गर्ने आधिकारिक समिति बनाएर समाधान गर्न समय दिने भएको छ । कार्तिक १ गतेसम्म मोर्चाले दिएका सुझावहरु सम्बोधन भए स्वागत गर्न र नभए दवाबसहित विरोध गर्ने बताएको छ ।

कात्तिक १ गते १ बजे विश्व हिन्दू महासंघको केन्द्रीय कार्यलय बाँसबारीमा मोर्चाका सबै संघ संस्थाका प्रतिनीधि, विश्व हिन्दू महासंघका आजीवन सदस्य लगायत प्रतिनीधि उपस्थिति हुने र दवाब दिने कार्ययोजना तय गरेको छ ।

महासंघले धार्मिक एकताको वातावरण बनाउन सार्वजनिक आह्वान गर्नु पर्ने माग मोर्चाले राखेको छ । कात्तिक ४, ५ र ६ गते हुने सम्मेलन र अधिवेशनको बन्द सत्रमा नेपालका सबै धार्मिक संघ संस्थाहरु र समग्र धार्मिक क्षेत्रको प्रतिनिधित्व गराउने कार्यविधि महासंघले ल्याउनुपर्ने, पुरानो विधानलाई शंसोधन गरि केन्द्रीय सममितिले पास गरेर अधिवेशनमा नेपालको विध्यमान संघ संस्था ऐनसँग नबाजीने विधान बनाएर प्रस्तावित गर्नु पर्ने माग पनि गरेको छ ।

त्यसैगरी नयाँ प्रस्तावित विधान अनूरुप नीति र नेतृत्व प्रजातान्त्रिक तरीकाले चयन गरेर धार्मिक क्षेत्रलाई खुल्ला प्रतिस्पर्धामा जाने र नेपालमा अन्तराष्ट्रिय स्तरको धार्मिक शक्ति केन्द्र स्थापनाको लागि मार्गप्रसस्त गर्नु पर्ने माग मोर्चाले गरेको सनातन हिन्दु मोर्चाका प्रवक्ता तथा राष्ट्रिय धर्मसभा नेपालका महासचिव पुष्पराज पुरुषले बताए ।

यी विभिन्न मागहरुलाई विश्व हिन्दू महासंघले समेट्न नसक्ने परिस्थिति आएमा ४, ५ र ६ गतेको सम्मेलनमा शसक्त विरोधका कार्यक्रम गर्दै सनातन हिन्दू मोर्चाको दोश्रो सम्मेलनले पास गरेको कार्ययोजना अनूरुप कार्यहरु मोर्चाले गर्दै जाने र वर्तमान विश्व हिन्दू महासंघलाई सदाको लागि त्याग गरि मोर्चाको पूर्व निर्धारित कार्ययोजना अनुरुप कार्यक्रम बनाएर २०७३ साल चैतको अन्त्यमा विश्व सनातन महासम्मेलन गरेर नयाँ महासंघको स्थापना गरी नेपालमा धार्मीक शक्ति केन्द्रको स्थापना गर्ने चेतावनी दिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.