संसदमा हिन्दी भाषाको चर्चा गर्नु राष्ट्रियतामाथिको अपमानः गुरुङ

संसदमा हिन्दी भाषाको चर्चा गर्नु राष्ट्रियतामाथिको अपमानः गुरुङ

काठमाडौँ: नेपाली कांग्रेसका सांसद धनराज गुरुङले नेपालका सबै भाषालाई कामकाजको भाषाका रुपमा संविधानले मान्यता दिएको अवस्थामा हिन्दी भाषाको विषयमा व्यवस्थापिका संसदमा चर्चा गर्नु राष्ट्रियतामाथिको अपमान भएको बताएका छन् ।

आइतबार व्यवस्थापिका संसद बैठकमा हिन्दी भाषाको चर्चा गरिएकोप्रति अपत्ति जनाउदै गुरुङले यसको चर्चा गर्नु राष्ट्रियतामाथिको अपमान भएको बताएका हुन् ।

सांसद् गुरुले भने, ‘नेपालका सबै भाषालाई संविधानले सरकारी कामकाजको भाषाका रुपमा मान्यता दिइसकेको अवस्थामा हिन्दी भाषाको चर्चा गरिनु राष्ट्रियतामाथिको अपमान हो ।’

गुरुङले यस्तो विषयलाई व्यवस्थापिका संसदको अनुसूचीमा राख्नु नहुने बताएका छन् । गुरुङले नेपालमा हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउन र नेपालको संविधानको अनुसूचीमा राख्नुपर्ने विषय किन उठाइयो भन्दै प्रश्न गरे । उनले यस्ता विषयलाई अनुसूचीमा राख्नै नहुनेमा जोड दिएका छन् ।

नेपाः राष्ट्रिय पार्टीका लक्ष्मण राजवंशीले भने अली फरक प्रशंकमा प्रश्न उठाएका छन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गौतम बुद्ध नेपालमा जन्मेको विषयलाई भ्रम सिर्जना गर्दा सरकार नबोलेको भन्दै सरकारको ध्यानाकर्षर्ण गराए । उनले मोदीका भ्रम सिर्जना गर्ने खालका अभिव्यक्ति सार्वजनिक हुँदा सरकार नसुने झैं गरी बसेको आरोप लगाए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.