निर्वाचनसम्बन्धी तीन विधेयक समितिमा

निर्वाचनसम्बन्धी तीन विधेयक समितिमा

काठमाडौं: व्यवस्थापिका–संसद्को बैठकले निर्वाचनसँग सम्बन्धित तीन विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।

बैठकमा कार्यबाहक प्रधानमन्त्री विमलेन्द्र निधिले ती विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। स्वीकृत विधेयकमा ‘राजनीतिक दलसम्बन्धी विधेयक, २०७३’, ‘मतदाता नामावली विधेयक, २०७३’ र ‘निर्वाचन आयोग विधेयक, २०७३’ छन्।

ती विधेयकको गम्भीरतालाई ध्यानमा राखी तदारुकताका साथ संसद्को नियमावली, २०७३ बमोजिम सम्बन्धित समितिमा खुला छलफल गर्न सभामुखले सभाको सहमतिसहितको निर्देशन दिएकी छिन्।

जनक विश्वविद्यालय विधेयक

शिक्षामन्त्री धनीराम पौडेलले प्रस्तुत गरेको ‘राजर्षि जनक विश्वविद्यालय विधेयक, २०७३’ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि बैठकले स्वीकृत गरेको छ।

त्यस्तै वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीले प्रस्तुत गरेको ‘वातावरण संरक्षण समितिको प्रतिवेदसहितको वन (दोस्रो संशोधन) विधेयक, २०७३’ सर्वसम्मतिबाट पारित भएको छ। रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.