प्रचण्डले भनेः आतंकवाद ब्रिक्स र बिमस्टेक देशको साझा चुनौती

प्रचण्डले भनेः आतंकवाद ब्रिक्स र बिमस्टेक देशको  साझा चुनौती

काठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसियाली देशहरुले विद्यमान आतंकवाद र अतिवादका कारण उत्पन्न चुनौतिप्रति एक भएर प्रतिरोध गर्नुपर्ने बताएका छन् ।

भारतको गोवामा आइतबार सम्पन्न ब्रिक्स तथा बिमस्टेक सदस्य देशहरुको शिखर सम्मेलनमा साँझ मन्तव्य दिंदै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

‘हाम्रो क्षेत्र विभिन्न चुनौतिबाट मुक्त हुन सकेको छैन । हामी निरन्तर रुपमा विभिन्न खालका समस्या भोगिरहेका छौँ । आतंकवादको र अतिवादको खतरा निकै गम्भीर छ र यसले हाम्रो इच्छाशक्ति र क्षमताको परीक्षा लिइरहेको छ’ प्रधानमन्त्री दाहालले भने ‘हामीले यस खालका विकृतिविरुद्द दृढ र कटिबद्द भएर लड्नुपर्छ । कुनै पनि धरातलमा आतंकवादी कार्य क्ष्यम्य हुन सक्दैन ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवादको जननी छिमेकी देश पाकिस्तान भएको बताएलगत्तै प्रचण्डले गरेको सम्बोधनमा आतंकवाद साझा चुनौती भएको भन्दै मिलेर सामना गर्नुपर्ने बताएका हुन् ।

प्रधनमन्त्री प्रचण्डले बिमेस्टेक देशको संस्कृति, इतिहास र भूगोलमा समानता रहेको बताउँदै सबै देशको एकताले डेढ बिलियन जनसंख्याबीच विकास र आर्थिक विकासमा डाइनामिक इञ्जिनको काम गर्ने बताए । उनले बिमेस्टेक देशबीचको ‘कनेक्टिभिटी’लाई नेपालले उच्च प्राथमिकतामा राखेको बताए ।

प्रधानमन्त्री प्रचण्डले उर्जा र जलविद्युत लगायतको विकासका क्षेत्रमा मिलेर काम गर्न प्रस्तावसमेत गरेका छन् । प्रधानमन्त्रीले बिमस्टेकलाई बुद्धिष्ट सर्किट र बिमस्टेक सम्पदालाई जोडेर नागरिक नागरिक बीचको सम्बन्ध र पर्यटनमा उपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.