ऊर्जामन्त्रीको भेटघाट परराष्ट्रमार्फत मात्र
काठमाडौः प्रधानमन्त्री लगायत अन्य मन्त्री र सचिवहरुले विदेशी नियोगका पदाधिकारीहरुलाई परराष्ट्र मन्त्रालयलाई जानकारी नै नदिई भेटघाट गरिरहेका बेला ऊर्जा मन्त्री जनार्दन शर्माले भने कूटनीतिक आचार संहिताको पूर्ण पालना गर्दै परराष्ट्रमार्फत मात्र भेटघाट गर्न थालेका छन् । शर्माले विदेशी नियोगका कूटनीतिज्ञसँग भेटघाट गर्दा परराष्ट्र मन्त्रालयका प्रतिनिधिलाई समेत अगाडि राखेर त्यसको अभिलेखसमेत राख्न लगाउने गरेका छन् ।
विदेशी राजदूतहरुले प्रधानमन्त्री, मन्त्रीहरुलाई सिधै भेटघाट गर्दा राष्ट्रिय मर्यादा र हितमा आँच पर्न सक्ने खतरा रहेकोतर्पm परराष्ट्रविद्हरुले सचेत गराउँदै आएका थिए । परराष्ट्र मन्त्रालयले आचार संहिता नै लागू गरे पनि अधिकांश मन्त्री र सचिवहरुले पालना गरेका छैनन् ।
आपूmले आचार संहिता पालन गरेर पद्धति विकास गर्ने प्रयास गरेको ऊर्जा मन्त्री शर्माले बताए । ‘मैले सबै विदेशी मित्रहरुलाई परराष्ट्र मन्त्रालयमार्पmत भेट्नका लागि अनुरोध गरेको छु,' शर्माले आइतबार अन्नपूर्णसित भने, ‘सिधै भेटघाट गर्दा मुलुकको स्वार्थका बारेमा र उसको (भेट्न आउने विदेशी) को पृष्ठभूमि थाहा हुँदैन, तर परराष्ट्रमार्पmत आउँदा किन भेट्न खोजेको, मुलुकको के कुरामा हित छ भन्ने जानकारी पहिले नै हुन्छ ।'
शर्माका अनुसार आपूmले विदेशी राजदूतहरुसित भेटघाट गर्दा परराष्ट्रका अधिकारीले भेटघाट र विषयवस्तुबारे पूर्व जानकारी दिन्छन् । ‘देशको मन्त्रीले विदेशी राजदूतसित गोप्य वार्ता गर्दा भोलि मुलुकको हितमा काम नहुन पनि सक्छ,' उनले भने, ‘परराष्ट्रकै अधिकारीको सामुन्ने द्विपक्षीय वार्ता गर्दा त्यसको रेकर्ड समेत दुवै मन्त्रालयमा हुन्छ ।'
आपूm ऊर्जा मन्त्रीमा नियुक्त भएदेखि नै परराष्ट्रमार्पmत मात्र भेटघाट गर्ने बन्दोबस्ती मिलाएको शर्माले बताए । हालसम्म शर्माले भारत, कोरिया, जापान, अमेरिकाका राजदूतहरुलाई आचार संहिता अनुसार भेट गरिसकेका छन् । परराष्ट्र मन्त्रालयका निमित्त सचिव भरतराज पौडेलले संयुक्त अरब इमिरेटसका राजदूत सईद हमदान अल नक्बीले ऊर्जा मन्त्री शर्मालाई सोमबार परराष्ट्रमार्पmत भेट्न लागेको जानकारी दिए ।
निमित्त सचिव पौडेलका अनुसार सरकारी निकायहरुले आंशिक रुपमा आचार संहिता पालना गरेका छन् । ‘आचार संहिता पालना गर्दा मुलुकको हित, मर्यादा र कूटनीतिक पद्धति स्थापित हुन्छ,' पौडेलले सोमबार अन्नपूर्णसित भने, ‘अरु सबै मुलुकहरुले यस्तो पद्धति बसाएका छन् र पालना गर्छन् ।'
पदाधिकारीको मर्यादाका लागि संहिता पालना गर्नु सबैको कर्तव्य रहेको निमित्त सचिव पौडेलले बताए । ‘ऊर्जा मन्त्रीको भोलि (सोमबार) को भेटघाटका लागि दूतावासबाट हामीलाई पत्र आयो, त्यही अनुसार भेटघाट अघि हाम्रो मन्त्रालयको अधिकारीले ऊर्जा मन्त्रीज्यूलाई सबै जानकारी दिनेछ, अनि भेटमा परराष्ट्रका अधिकृत पनि सहभागी हुन्छन्,' उनले भने ।
राष्ट्रसंघका लागि पूर्व स्थायी प्रतिनिधि मधुरमण आचार्यका अनुसार आचार संहिता पालना गर्दा मुलुकको हितका लागि लाभदायक छ । ‘आचार संहिता आपैmमा कानुन होइन र यो बाध्यात्मक रुपमा गर्नैपर्छ भन्ने पनि होइन, यो पदीय मर्यादाअनुसार पालना गर्ने नैतिक कुरा हो,' परराष्ट्रविद् आचार्यले सोमबार अन्नपूर्णसित भने, ‘यो पालना गर्दा नजानेर कुनै गलत कुरा गर्लान् कि भन्ने भय हुँदैन, परराष्ट्रले एकथोक भन्ने अर्काे मन्त्रालयले अर्कै कुरा गर्ने स्थिति हुँदैन ।'