अप्राकृतिक मैथुन गर्ने विदेशीलाई सफाइ

अप्राकृतिक मैथुन गर्ने विदेशीलाई सफाइ

काठमाडौंः अप्राकृतिक मैथुनको अभियोगमा अदालतबाट सफाइ पाएपछि पनि कतै नजान स्थान हद तोक्दै थुनामा राखिएका एक विदेशीको रिहाइका लागि सर्वोच्च अदालतबाट बन्दी प्रत्यक्षीकरण आदेश जारी भएको छ ।

फ्रान्सेली नागरिक एन्ड्रियु वेभस हेन्रीलाई छाड्न बन्दी प्रत्यक्षीकरण आदेश जारी भएको हो । उनी अध्यागमनको हिरासतमा थिए । अप्राकृतिक मैथुन अभियोगमा मुद्दा चलाइएका यी विदेशीलाई काठमाडौं जिल्ला अदालतले गत भदौ २० मा सफाइ दिएको थियो ।

सफाइपछि विभागले स्वदेश फर्कन भिसा दिनुपर्नेमा उच्च अदालतमा पुनरावेदन गर्ने म्याद बाँकी रहेको कारण देखाउँदै हिरासतमा राखेको दाबीसहित हेन्रीको हकमा अधिवक्ता समीर शर्माले रिट दायर गरेका थिए । उक्त रिटमा सुनुवाइपछि सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले थुना गैरकानुनी रहेको बताउँदै रिहाइका लागि दसैं बिदामा बन्दी प्रत्यक्षीकरण आदेश जारी गरेको हो ।

‘अदालतबाट कसुरदार नठहरी सफाइ पाएको अवस्थामा पुनरावेदन गरेनगरेको, स्थान हद तोकिएको तथा निष्कासन गर्न सक्ने भन्दै निवेदकको वैयक्तिक स्वतन्त्रतालाई संकुचन वा नियन्त्रण गर्ने गरी लिएको आधारलाई मात्र थुनामा राख्ने उचित कारण मान्न मिल्दैन', आदेशमा भनिएको छ, ‘आरोपित कसुरबाट सफाइ पाएपछि स्वतन्त्र जीवनयापन गर्न पाउने तथा थुना र हिरासतमा बस्न नपर्ने न्यायको मान्य सिद्धान्त नै हो ।'
संविधानको धारा २० (३) मा थुनामा राख्नुपर्दा थुना मितिले २४ घन्टाभित्र मुद्दा हेर्ने सक्षम निकाय वा अधिकारीको आदेशबिना थुन्न नपाइने व्यवस्था रहेको पनि आदेशमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.