यस वर्ष धान उत्पादन राम्रो

यस वर्ष धान उत्पादन राम्रो

काठमाडौंः यो वर्ष धान उत्पादनमा वृद्धि हुने भएको छ । चालू आर्थिक वर्ष करिब ५० लाख मेट्रिक टन धान उत्पादन हुने सरकारले प्रक्षेपण गरेको छ ।

गत वर्षको तुलनामा चालू आर्थिक वर्ष २०७३/०७४ मा सात लाख मेट्रिक टन बढी धान फल्ने कृषि विकास मन्त्रालयले प्रक्षेपण गरेको छ । गत आर्थिक वर्ष ४२ लाख ९९ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यसैगरी आर्थिक वर्ष २०७१/०७२ मा ४७ लाख ८८ हजार मेट्रिक टन धान फलेको थियो ।

मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाका अनुसार चालू आर्थिक वर्ष मनसुन पूर्णरूपमा सबै क्षेत्रमा सक्रिय भएकाले र सुलभ रूपमा मल र बिउ उपलब्ध भएकाले अघिल्ला दुई वर्षको तुलनामा धान उत्पादन वृद्धि हुने भएको छ ।

‘यो वर्ष बन्द र हडताल पनि भएन', सहप्रवक्ता सापकोटाले भने, ‘समयमै पूर्णरूपमा सक्रिय भएको मनसुनको साथ र सुलभ रूपमा वितरण भएको मल र बिउका कारण अघिल्ला दुई वर्षको तुलनामा यो वर्ष राम्रो रोपाइँ भयो । यसका कारण ५० लाख मेट्रिक टनको हाराहारीमा धान उत्पादन हुने प्रक्षेपण गरेका छौं ।'

मन्त्रालयका अनुसार चालू आर्थिक वर्ष उच्च हिमाली क्षेत्रमा ९९ प्रतिशत, मध्य पहाडी क्षेत्रमा ९८ प्रतिशत र तराई क्षेत्रमा ९७ प्रतिशतको हाराहारीमा रोपाइँ सम्पन्न भएको थियो । करिब १४ लाख २५ हजार तीन सय ४६ हेक्टर धान उत्पादन हुने क्षेत्रफलमध्ये यो वर्ष झण्डै १३ लाख ७७ हजार ४२ हेक्टरमा रोपाइँ भएको थियो ।

चालू आर्थिक वर्ष मनसुन पूर्णरूपमा सबै क्षेत्रमा सक्रिय भएकाले र सुलभ रूपमा मल र बिउ उपलब्ध भएकाले अघिल्ला दुई वर्षको तुलनामा धान उत्पादन वृद्धि हुने भएको छ ।

मन्त्रालयका अनुसार गत वर्ष मुलुकभर गरी चार प्रतिशत क्षेत्रफलमा रोपाइँ हुन सकेन । यस्तै तराईका करिब १२ वटा जिल्ला र कर्णालीमा गरी ३० प्रतिशत क्षेत्रफलमा रोपाइँ हुन सकेन । गत वर्ष रोपाइँ भएको क्षेत्रफलमा सिँचाइको अभावसँगै बन्द, हडताल र नाकाबन्दीका कारण समयमा आन्तरिक क्षेत्रमा भएको मल र भारतसहित तेस्रो मुलुकबाट आउनुपर्ने मल नआउँदा अघिल्लो वर्षको तुलनामा करिब चार लाख ९० हजार मेट्रिक टन कम धान उत्पादन भएको थियो ।

मन्त्रालयका अनुसार नेपालको कर्णालीसहित ३० जिल्लाका बासिन्दा भोकमरी समस्यामा परेका छन् । धादिङ, नुवाकोट, अछाम, बझाङ, दैलेख, दोलखा, डोल्पा, गोरखा, हुम्ला, कालिकोट, मुगु, रसुवा, संखुवासभा, सिन्धुपाल्चोक, सुर्खेत, वैतडी, बाजुरा, डोटीलगायतका जिल्लाका झण्डै साढे तीन लाखको संख्यामा स्थानीय बासिन्दा भोकमरी समस्यामा पर्दै आएका छन् । गत वर्षको भूकम्प, त्यसपछिको आन्तरिक बन्दहडताल र नाकाबन्दी तथा खडेरीका कारण स्थानीय बासिन्दा भोकमरी समस्यामा परेको मन्त्रालयको ठहर छ ।

नेपालको कुल जनसंख्या दुई करोड ८१ लाख चार हजार दुई सय ८९ जनाको पेट भर्न वार्षिक तीन अर्ब ४२ करोड ८७ लाख २३ हजार दुई सय ५८ किलो (३४ लाख २८ हजार सात सय २३ मेट्रिक टन) चामल आवश्यक पर्छ । एक जनालाई वार्षिक एक सय २२ किलो चामल आवश्यक पर्छ । सय किलो धानबाट ६० किलो चामल उत्पादन हुन्छ ।


जलवायु परिवर्तनले समस्या

जलवायु परिवर्तनका कारण नेपालले पछिल्लो समयमा बर्सेनि प्राकृतिक प्रकोपको सामना गर्नुपरेको विज्ञहरूले बताएका छन् । जलवायु परिवर्तनका कारण कुनै समय ठूलो वर्षा भएर बाढी आउने र कुनै वर्ष खडेरी हुने समस्याका कारण नेपालको बालीनाली प्रभावित हुँदै आएको छ ।

यही विषयमा केन्द्रित भएर संयुक्त राष्ट्र संघको आह्वानमा आइतबार ‘विश्वभर जलवायु परिवर्तन भइरहेको छ, खाद्य र कृषि फेरिनै पर्छ' भन्ने नाराका साथ ३६ औं विश्व खाद्य दिवस मनाइएको छ । राजधानीमा आयोजना गरिएको दिवसमा खाद्यका लागि कृषि अभियानका संयोजक डा.कृष्ण पौडेलले जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा डरलाग्दो समस्या देखा पर्न लागेको आौंल्याए ।

उनका अनुसार विश्वको कुल जनसंख्यामध्ये २५ प्रतिशत अर्थात एक अर्ब सर्वसाधारण पेटभर खानबाट बञ्चित छन् । राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष उद्धव अधिकारीले राज्यले जलवायु परिवर्तनको असरलाई सहन सक्ने बालीनालीको प्रविधि विकास गरेर किसानलाई हस्तान्तर गर्नुपर्ने सुझाव दिए ।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.