ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

रत्ननगर : चितवनको भरतपुरस्थित आँपटारीमा ट्रकको ठक्करबाट एकजना साइकल यात्रीको मृत्यु भएको छ।

नारायणगढबाट मुग्लिन जाँदै गरेको बा ३ ख ११०१ नम्बरको ट्रकले आँपटारीमा बाटो काट्दै गरेको साइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो।

गएराति भएको दुर्घटनामा परी गोरखा पुथ्वीनारायण नगरपालिका–९ घर भई चितवन बस्दै आएका साइकल यात्री रामकुमार नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

गएराति १० बजेर ३० मिनेटको समयमा भएको उक्त दुर्घटनामा गम्भीर भएका नेपालीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा राति नै ज्यान गएको प्रहरीले जनाएको छ। उनी पनि सवारी चालक नै रहेको प्रहरीले जनाएको छ।

ठक्कर दिने ट्रकका चालक सम्पर्कमा नआएको र खोजी जारी रहेको छ। रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.