‘दाहाल -मोदी- सी भेट संयोगवश’

‘दाहाल -मोदी- सी भेट संयोगवश’

नयाँदिल्लीः ब्रिक्स सम्मेलनको पहिलो दिन शनिबार साँझ गोवामा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल, चीनका राष्ट्रपति सी जिनपिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटघाट संयोगवश भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

भारतीय विदेश मन्त्रालयले ब्रिक्स सम्मेलनबारे जानकारी दिन आइतबार साँझ गोवामा आयोजना गरेको पत्रकारसम्मेलनमा यो भेटघाट संयोगवश भएको जानकारी दिएको हो ।

विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले भारतीय पत्रकारको जिज्ञासामा अनौपचारिक डिनरका लागि जाने क्रममा एउटै लाउन्ज प्रयोग गर्नुपर्ने अवस्थामा प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग कुराकानी भइरहेको र सोही बाटो भएर प्रधानमन्त्री नरेन्द्र मोदी पनि विभिन्न नेताहरूका साथ कुराकानी गर्दै आइरहेको हुँदा लिडरर्स लाउन्जमा सामान्य भेटघाट भएको स्पष्ट पारे ।

त्रिपक्षीय वार्ता भनेर आइरहेको समाचारको खण्डन गर्दै उनले भने, चीन र नेपालबीच द्विपक्षीय वार्ता सम्पन्न भइसकेको अवस्थामा यो भेट कसरी त्रिपक्षीय भयो ? ' भारतको चीन र नेपाल दुवै राष्ट्रसँग सुदृढ सम्बन्ध रहेको हुँदा एउटै कोठामा तीनै देशका प्रमुखको भेटमा कुराकानी हुनु सामान्य रहेको प्रवक्ता स्वरूपले स्पष्ट पारे ।

विदेश मन्त्रालयले शनिबार रातिसम्म यो भेटबारे औपचारिक पुष्टि नगरेका कारण भारतीय सञ्चारमाध्यमले यो खबर नछापेको सम्मेलनमा संलग्न एक पत्रकारले बताए । सामाजिक सञ्जालमा नेपालका प्रधानमन्त्रीका स्वकीय सचिव तथा पुत्र प्रकाश दाहालले त्रिपक्षीय भेटको जानकारी तथा फोटो पोस्ट गरेपछि यो खबर भारतीय अनलाइन खबरमा प्रकाशित भएका थिए ।

आइतबार प्रकाशित भारतीय दैनिक पत्रपत्रिकामा यो खबरको कुनै चर्चा थिएन । स्वकीय सचिव दाहालको फेसबुकबाट साभार गरेर आइतबार दिउँसो तीन बजेपछि केही भारतीय अनलाइन खबरले यो समाचार प्रकाशित गरे ।

भारतीय समाचार एजेन्सी प्रेस ट्रस्ट इन्डिया (पीटीआई) ले नेपालबाट प्रकाशित हुने अंग्रेजी दैनिक दि हिमालयन टाइम्सलाई उद्धृत गरी साँझ साढे चार बजेपछि नेपाल भारत र चीनको बीचमा गतिशील पुल बन्न चाहेको शीर्षकमा समाचार प्रकाशित गरेको छ भने पीटीआईकै समाचारलाई इकोनोमिक टाइम्स, इन्डिया टुडेलगायतले छापेका छन् ।

केही सञ्चारमाध्यमले भने प्रकाश दाहालको फेसबुकलाई उद्धृत गर्दै समाचार प्रकाशित गरे । भारतीय पत्रिका द हिन्दु अनलाइन र हिन्दुस्तान टाइम्सले दिउँसो तीन बजेपछि क्रमशः मोदी, दाहाल, सी अनौपचारिक भेटघाट र चीन र नेपालको द्विपक्षीय भेट मोदीको प्रवेशपछि त्रिपक्षीय सत्रमा परिणत भन्ने शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.