दार्चुलामा भूकम्पको धक्का महसुस
दार्चुलाः दार्चुलामा भूकम्प गएको छ। सोमबार विहान ६ बजेर १६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो।
भूकम्प मापन केन्द्र सुुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थ दाहालका अनुसार दार्चुला सदरमुकामबाट ४३ किलोमिटर उत्तर पश्चिम भारतमा केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको हो।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले भूकम्पले क्षति पुर्यायो भन्ने अहिलेसम्म कुनै जानकारी नआएको र सबै ठाउँमा सम्पर्क गरी भूकम्पको क्षति भए नभएको जानकारी लिइरहेको बताए।