‘सरकार सुकेको हाँगामा झुण्डिएको छ, जतिबेला नि खस्न सक्छ'

‘सरकार सुकेको हाँगामा झुण्डिएको छ, जतिबेला नि खस्न सक्छ'

धादिङः नेकपा एमालेका सचिव योगेश भट्टराइले अहिलेको प्रचण्ड सरकारलार्इ ‘सुकेको हाँगामा झुण्डिएको' टिप्पणी गरेका छन्। प्रेस चौतारी धादिङले आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराइले सरकारको काम कारवाही र असफल विदेश नीतिका कारण सरकार सुकेको हाँगामा झुण्डिन पुगेको बताएका हुन्।

‘जसरी सुकेको हाँगामा समाउने जो कोही भुइँमा खस्छ, त्यसरी नै यो सरकार सुकेको हाँगामा झुण्डिएकाले जुनसुकै बेला हाँगा भाँचिएर भुइँमा खस्ने सम्भावना छ,'भट्टराइले भने। सरकार बनेको साढे २ महिनामात्रै भएपनि छिमेकी देशहरुप्रतिको असमान ब्यवहार र राष्ट्रघाती कदमका कारण सरकार आफै ढल्ने अवस्थामा पुगेको टिप्पणी गरेको हुन्।

‘सरकारको जग नै गतिलो छैन, अनि कसरी लामो समयसम्म टिकोस्। जग बलियो भएपो घर बलियो हुन्छ, त्यसैले यो सरकारको औचित्य छैन,' भट्टरार्इले भने,‘संविधानको सफल कार्यन्वयनका लागि अब सवै दल सम्मिलित सहमतीय सरकार बनाउनु पर्छ र त्यसका लागि एमालेले पहल गर्छ।' सरकार गिराउने खेलमा एमाले नलागे पनि जनविरोधी काम गर्दे गएकाले अव यसको विकल्प जनताले आफै खोज्ने उनले बताए। 

नेकपा एमाले प्रतिपक्षमा बसे पनि अहिलेको सरकारले प्रतिपक्षसंग कुनै पनि विषयमा एकपटक पनि सम्वाद नगरेको उनको आरोप थियो । मधेसी दलले सविंधान संसोधनको माग गरिरहेको भएपनि संविधान संशोधनको विषयमा प्रतिपक्षसंग प्रचण्ड सरकारले कुनैपनि संवाद नगरी एकलौटी ढङ्गले अघि बढ्न खोजेको आरोप लगाए ।

उनले भने, ‘संविधान संशोधन के-का लागि, कसका लागि, संशोधन गरेपछि फाइदा के, त्यो विषयमा हामीसंग अहिलेसम्म एक पटकपनि सम्वाद भएको छैन, देश र जनताको हितविपरित हुने गरी गर्न लागिएले संविधान संशोधनप्रति हामी सहमत छैनाैं र कदापी हुने पनि छैनाैं।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.