पवनले गरे राजवंशी भाषामा गीताको अनुवाद

पवनले गरे राजवंशी भाषामा गीताको अनुवाद

काँकडभिट्टा: ‘काम कर, फलेर आश नाकर !’– राजवंशी भाषामा ‘श्रीमद्भागवत गीता’को सार हो यो। लोकप्रिय हिन्दू धार्मिक ग्रन्थ ‘गीता’का सम्पूर्ण उपदेशलाई राजवंशी भाषामा अनुवाद गरेका छन्, कनकाई–९ निवासी पवन राजवंशीले।

यतिबेला पवनले राजवंशी भाषामा अनुवाद गर्नुभएको गीता नेपाल, भारत र बङ्गलादेशमा बसोबास गर्ने एक करोड राजवंशी भाषीका लागि अनुपम उपहार भएको छ। स्वर्गीय कुलदीप राजवंशी र आमा जलेश्वरी देवी राजवंशीको कान्छो सन्तानका रुपमा झापाको कनकाईमा जन्मनुभएका ४७ वर्षीय पवन राजवंशी समुदायबाट नेपालका पहिलो प्राज्ञसमेत हुन्। उनलाई नेपाल ललितकला प्रतिष्ठान काठमाडौँले २०६९ सालमा प्राज्ञ मनोनयन गरेको हो।

प्रायः यतिबेला झापाका दर्जनौँ विद्यालयमा चित्रकला पढाउँदै आएका पवन राजवंशी भाषाको पहिलो पत्रिकाका ‘बिचन’को संस्थापक सम्पादकसमेत हुन्। तर अर्थाभावका कारण केही वर्ष सो पत्रिका प्रकाशित गरेर बन्द गर्नुपरेको उनको भनाइ छ।

उनले भने,'जातीय भाषामा पहिलो पत्रिका त निकालेँ तर त्यसलाई निरन्तरता दिन मसँग पैसा भएन, बन्द गरिदिएँ।' राजवंशी समुदायको ‘कला शिरोमणि’कै उचाइ नापिसकेका उनी आम नेपालीका उत्तिकै प्रिय र प्रेरक व्यक्तित्व बनेका छन्।

उनले ‘अनुभूति’ नामक रङ्गीन कार्टुन चित्र सङ्ग्रहसमेत प्रकाशित गरिसकेका छन्। यतिबेला उनी झापाबाटै प्रकाशित हुने विभिन्न पत्रपत्रिकामा कार्टुन चित्र बनाउँदै आएका छन्। कुनै बखत उनी झापाको विर्तामोडबाट प्रसारित कञ्चनजङ्गा रेडियोमा राजवंशी भाषामा समाचार वाचन गर्थे। त्यसैबेला रेडियोका प्रबन्ध निर्देशक चन्द्र भण्डारीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’लाई राजवंशी भाषामा उल्था गर्न हौस्याएका रहेछन्। उनी भन्छन्, “आखिर त्यही हौसलाबाट प्रेरित भएर मैले जातीय भाषामा ‘गीता’ नै अनुवाद गरेँ ।” रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.