भन्सार कार्यालय अगाडि केरा तेर्साएर कृषकद्वारा विरोध प्रदर्शन

भन्सार कार्यालय अगाडि केरा तेर्साएर कृषकद्वारा विरोध प्रदर्शन

कञ्चनपुर: कञ्चनपुर र कैलालीका केरा उत्पादक कृषकले गड्डा चौकी भन्सार कार्यालयको गेटमै केरा तेस्र्याएर सोमबार विरोध जनाएका छन्।

दुवै जिल्लाका केरा कृषकले प्रयोगशालामा परीक्षण नगरीकनै विषादी राखिएको केरा भारतबाट भित्र्याउने कार्यको विरोध गरेका हुन्। 'विश्व व्यापार सङ्गठनको मापदण्ड मिचेर विषादी राखेर पकाइएको भारतीय केरा भित्र्याउने कार्यको विरोध गरेका हौँ,' कैलालीका केरा व्यवसायी लक्षीराम आचार्यले बताए।

कैलालीका केरा खेतीमा संलग्न कृषक आचार्यले युवा कृषकले जिल्लामै पुग्ने गरी करोडौँ रकम खर्चेर केरा उत्पादन गरे पनि भन्सारमा रहेको सरकारी निकायले निर्वाध परीक्षण नगरिकनै भारतीय केरा भित्र्याउन दिँदा यहाँका कृषकको लगानी जोखिममा परेको बताए।

कञ्चनपुरका केरा कृषक लोकेन्द्र लम्सालले गैरकानुनी ढङ्गबाट केरा नेपाल भित्र्याउने कार्यले अर्थतन्त्रमा नकारात्मक असर पुगेको बताए। 'भारतबाट आउने केरा प्रयोगशालामा परीक्षण गरेरमात्रै आयात हुनुपर्ने व्यवस्था भएपनि प्लान्ट क्वारेन्टाइन कार्यालय गड्डाचौकीका कर्मचारीले अाँँखाले हेरेर प्रमाणपत्र दिने भएकाले भारतीय केरा व्यवसायीलाई सहज भएको छ,'उनले भने।

'प्रयोगशालामा परीक्षण नगरिकनै केरा भित्र्याउने कार्यको विरोध गरेका छौँ, उनले भने,'अखाद्य केराको परीक्षण गर्ने व्यवस्था नहुँदासम्म भित्र्याउन दिँदैनौँ, यसका लागि थप आन्दोलनका कार्यक्रम अगाडि बढाइन्छ।' 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.