‘चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण रोक्न भारतले हस्तक्षेप गर्दैछ’

‘चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण रोक्न भारतले हस्तक्षेप गर्दैछ’

भक्तपुरः नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमा विजुक्छेले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुन नदिन भारतले अदृश्यरुपमा हस्तक्षेप गरेको दाबी गरेका छन्। उनले चिनियाँ राष्ट्रपतिको भ्रमण वर्तमान सरकारकै कारण नहुने टिप्पणी समेत गरे।

रफत सञ्चार क्लब भक्तपुरले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले नेपालको इतिहासमै सरकारको कूटनीतिक पक्ष कमजोर रहेको आरोप लगाए। उनले भने,‘कूटनीतिक पक्षलाई बलियो बनाउन नसके अन्तर्राष्ट्रिय सहयोग र समर्थन नेपालले गुमाउन सक्छ।’उनले नेपाललाई भारतले भुटानजस्तै बनाउन खोजेको आरोपसमेत लगाए।

बिजुक्छेले तोकिएको समयमा स्थानीय निकायको निर्वाचन गराउन सरकार गम्भीर नभएको बताए। उनले निर्वाचनको मिति तोक्न र तयारी गर्न सरकारले नै सहयोग नगरेको निर्वाचन आयोगले बताउनुले पनि यसको पुष्टि गर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.