‘भारत नेपाललाई प्रेमिका ठान्छ, तर अरुले आँखा लाएको मन पराउँदैन’

‘भारत नेपाललाई प्रेमिका ठान्छ, तर अरुले आँखा लाएको मन पराउँदैन’

काठमाडौंः चीनका लागि पूर्व नेपाली राजदूत टंक कार्कीले भारतले नेपाललाई प्रेमिकाको रुपमा लिएको आरोप लगाएका छन्। कार्कीले भने,‘भारत नेपाललाई यस्तो प्रेमिका ठान्छ, तर अरुले नजर नलाइदिओस् भन्छ।’

त्रिदेशीय साझेदारीको लागि भारत नै तयार नभएको आरोप लगाए । उनले भने,‘त्रिदेशीय साझेदारीको लागि चीनले नै यसअघि प्रस्ताव गरेको हो तर भारतले नै यसलाई अगाडि बढाउन चाहदैन।’

उनले भारतले प्रोजेक्ट होल्ड गर्ने तर कार्यान्वयन पक्षमा भने गम्भिरता नदेखाएको समेत आरोप लगाए।  सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भारत, नेपाल र चीनबीचको त्रिदेशीय साझेदारीले नेपाललाई मात्रै नभएर तीनवटै देशलाई उतिकै फाइदा हुने समेत दाबी गरे।

उनले ब्रिक्स सम्मेलनमा नेपालको लागि ठूलो अवसर रहेको तर नेपालले सदुपयोग गर्न नसकेको समेत आरोप लगाए। उनले भने,‘ब्रिक्स सम्मेलन पशुपतिको जात्रा सिद्राको व्यापार जस्तो थियो तर त्यसो हुन सकेन, हात मिलाउनेबाहेक अन्य काम भएन।’

कार्यक्रममा पराष्ट्रविद निलाम्बर आचार्यले भारतको गोवामा नेपाल, भारत र चीनवीच त्रिदेशीय साझेदारी भएकोमा आफूलाई विश्वास नलागेको बताए।
आचार्यले तीन देशका सरकार प्रमुख र राष्ट्र प्रमुखहरुकावीचमा समझादारी भएको भए संयुक्त विज्ञप्ति आउने थियो भन्दै त्यो नआएकोले आफूलाई यसमा विश्वास नलागेको बताएका हुन्।

उनले भने,‘औपचारिक रुपमा यसको अहिलेसम्म पुष्टि भएको छैन, पुष्टि भएपछि यसबारेमा कमेन्ट गरौंला।’ यद्यपि उनले त्रिदेशीय साझेदारीको लागि भारत र चीनले निर्णय गर्नुपर्ने बताए। आचार्यले भने,‘यदि भारत र चीनले त्रिदेशीय साझेदारीको लागि निर्णय गरे भने नेपालले त खुशीका साथ यसमा समर्थन गर्छ, यो भयो भने धेरै राम्रो हुन्थ्यो।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.